२३ उद्योग तथा व्यावसायिक फर्म कारवाहीमा « Khabarhub

२३ उद्योग तथा व्यावसायिक फर्म कारवाहीमा


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष ०७८/०७९ मा कार्य क्षेत्रभित्र रहेका कूल २३ वटा विभिन्न उद्योग तथा व्यावसायिक फर्मविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ । कार्यालयले विशेषगरी नयाँ फर्मलाई अनुमतिपत्र प्रदान, नियमित परीक्षण र नवीकरण, अनुगमनलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

कार्यालयले चितवन, मकवानपुर, बारा, पर्सा तथा रौतहट कार्यक्षेत्रमा विशेषगरी गुणस्तर तथा नापतौलसम्बन्धी कार्य गर्दै आएको छ । कार्यालयले विभिन्न २३ वटा उद्योग तथा व्यावसायिक फर्मविरुद्ध सम्बन्धित जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरी कारवाही प्रक्रिया बढाएको कार्यालय प्रमुख मनिषकुमार दासले जानकारी दिए ।

तीमध्ये सबैभन्दा बढी १३ वटा मकवानपुर जिल्लास्थित हेटौँडाका उद्योग तथा व्यावसायिक फर्महरु रहेका छन् । कारवाही प्रक्रियामा बाराको एउटा, पर्साको एउटा, चितवनका चार र रौतहटका चार वटा फर्महरु परेका छन् ।

यसरी अभियोग पत्र दर्ता गरिएका मकवापनपुरको हेटौ‘डास्थित उद्योग तथा व्यावसायिक फर्महरुमा खजुरिको नेपाल प्रा।लि।, अन्सारी मिट सप, आयुषी नेनरम सप्लायर्स , ॐ नवरत्न ज्वेलर्स, रफिक किराना स्टोर्स, लक्की किराना स्टोर, श्याम गजमेर एण्ड सन्स, समृद्ध सप्लायर्स र स्वयं ट्रेडर्स रहेका छन् ।

यसैगरी बाराको नारायणी प्लाष्टिक प्रा।लि।, पर्साको न्यु मनोकामना ज्वेलर्स, चितवनको कामना पोल्ट्री सप्लायर्स, सुविधा पोल्ट्री प्रा।लि। र वेलहोप एग्रो टेक प्रा.लि. रहेका छन् । त्यस्तै रौतहटका मदनी टे«र्डस, अनु ज्वेलर्स, जयसवाल ग्रिल उद्योग र रामेश्वर किराना पसल रहेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : २४ बजे

डा. गोविन्द केसीले अनशन फिर्ता नलिए प्रतिअनशन बस्ने संघर्ष समितिको चेतावनी

धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ ।

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव

विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर-  झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिरहरू) 

पोखरा– स्थानीयवासीको पटकपटकको दबाब र विरोधपछि पोखराको हरिचोक–याम्दी सडकखण्ड अन्ततः