महिला विद्यार्थीका लागि विद्यालय खोल्न तालिबानमाथि चौतर्फी दबाब « Khabarhub

महिला विद्यार्थीका लागि विद्यालय खोल्न तालिबानमाथि चौतर्फी दबाब


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा महिलाहरुका लागि विद्यालय खुला गर्नुपर्ने आवाज अझ सशक्त बन्न थालेको छ ।

महिला विद्यार्थीका लागि विद्यालय बन्द गरेसँगै अफगानिस्तानमा शासन गरिरहेको तालिबानको चौतर्फी आलोचना भइरहेको छ । यस्तो अवस्थामा अफगानिस्तानको टोलो न्यूजले सञ्चालन गरेको अनलाइन सर्वेक्षणमा झण्डै ९० प्रतिशत मतदाताले अफगानिस्तानमा महिला विद्यार्थीका लागि पनि विद्यालय खुला गर्नुपर्ने पक्षमा मतदान गरेका छन् ।

टोलो न्यूजको अनलाइन संस्करणले जनाएअनुसार उक्त टेलिभिजनको फेसबुक र इन्स्टाग्राम पेजमा २४ घण्टाका लागि अनलाइन सर्वेक्षण गरिएको थियो ।

फेसबुकमा सञ्चालित सर्वेक्षणमा ३४ हजार १ सय जनाले मतदान गरेको र यीमध्ये ८९ दशमलब ७ प्रतिशतले महिला विद्यालय खुला हुनुपर्ने पक्षमा मतदान गरेको उक्त टेलिभिजनले जनाएको छ ।

फेसबुकमा मतदान गर्ने १० दशमलब ३ प्रतिशतले महिला विद्यालय खुला हुनुपर्ने विषयको विपक्षमा मतदान गरेका थिए ।

त्यसैगरी इन्स्टाग्रामको सर्वेक्षणमा ९ हजार ८ सय २० जनाले सहभागिता जनाएको टोलो न्यूजले जनाएको छ । यीमध्ये ९२ प्रतिशतले महिलाका लागि विद्यालय खुला हुनुपर्ने पक्षमा मतदान गरेका थिए । ५ प्रतिशतले विपक्षमा र ३ प्रतिशतले थाहा छैन भन्ने विकल्पमा मतदान गरेको जनाइएको छ ।

यसअघि तालिबानको नेतृत्वमा रहेको शिक्षा मन्त्रालयले साँस्कृतिक कारणले गर्दा महिला विद्यार्थीका लागि विद्यालय बन्द गरिएको जनाएको थियो ।

तालिबानले बारम्बार आफूहरु महिला शिक्षाको विपक्षमा नभएको बताउँदै आएपनि महिलाका लागि विद्यालय कहिले खुल्छन् भन्ने अझै अन्यौल रहेको टोलो न्यूजले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : ५३ बजे

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र