सुदूरपश्चिमका शक्तिपीठमा सामूहिक रुपमा राखियो जमरा « Khabarhub

सुदूरपश्चिमका शक्तिपीठमा सामूहिक रुपमा राखियो जमरा


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कैलाली – हिन्दू नेपालीको महान चाड बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको पहिलो घटस्थापनासँगै बडादसैँ सुरु भएको हो । दसैँ सुरु भएसँगै सुदूरपश्चिमका जिल्लामा चहलपहल बढेको छ ।

देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्थापना गर्ने चलन रही आएको भए पनि बैतडीसहित सुदूरपश्चिममा सामूहिक रुपमा मन्दिरमा जमरा राख्ने चलन रही आएको निङ्गलाशैनी मन्दिरका पूजारी देवदत्त भट्टले बताए । मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन वर्षौँ पहिलादेखि सुरु भएको र यसले सामाजिक सद्भावको विकास सहयोग पु¥याउने उनको विश्वास छ ।

जिल्लाका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिरमा सामूहिक रुपमा जमरा राखिएको छ । महारुद्र, उदयदेव, सिगास, दोगडा, केदारलगायत मन्दिरमा सामूहिक रुपमा जमरा राखिएको छ । दसैँ सामाजिक सद्भावको पर्व भएकाले यो समयमा सामूहिक रुपमा मन्दिरमा जमरा राख्ने चलन रही आएको दशरथचन्द नगरापालिका–२ का स्थानीय रमेश बोहराल बताए ।

देवीदेवताका मन्दिर जमरा राखेर सामूहिक रुपमै पूजाआजा गर्ने चलन रही आएको बोहराले जानकारी दिनुभयो। घटस्थापनाका दिन राखिएको जमरालाई धेरै जसो ठाउँमा अष्टमीका दिन काट्ने चलन रही आएको छ ।

जमरा राखिएका मन्दिरमा रातमा जाग्राम बसेर पूजाआजा गर्ने चलन रही आएको छ । जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ । दसैँको अवसरमा नवरात्रि उपसाना गरेर पूजाआजा गर्ने चलन रही आएको छ । दसैँका बेला शक्तिपीठहरुमा पूजाआजा गरेमा मनकामना पूर्ण हुने जनविश्वास रहेको छ । दसैँको समयमा सामूहिक रुपमा पूजापाठ गरिने भएकाले घर बाहिर भएका, बसाइसराइ गरेर गएका पनि फर्कने गरेका छन् । यसले गर्दा गाउँघरमा रमाइलो हुने गरेको छ ।

नेपालीको महान चाँड दसैँ सुरु भएसँगै बैतडीलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेको देवीदेवताका मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लागेको छ । देशका अन्य भागमा दसैँमा खानपिन रमाइलो गर्ने चलन रहेको भए पनि सुदूरपश्चिमका जिल्लामा पूजापाठ गर्ने, जाग्राम बस्नेलगायत चलन रहेकाले यहाँका शक्तीपीठमा दर्शनार्थीको घुइँचो लागेको हो ।

सुदूरपश्चिममा दसैँको बेला खानपीन भन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिनुभयो । सुदूरपश्चिममा मनाइने दसैँ सात्विक हिसाबले मनाइने गरेको छ ।

उनले भने, ‘सुदूरपश्चिम क्षेत्र सत्यको भूमि भएकाले यो बेला शक्तिकी अधिष्ठात्री देवी भगवतीको सात्विक हिसाबले पूजन हुन्छ । मानसरोबर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमी भएकाले यो क्षेत्रका मनाइने चाडपर्व सात्विक हिसाबले मनाउने चलन रहेको छ ।’

नवरात्र सुरु भएसँगै बैतडीका विभिन्न शक्तिपीठ र देवताका मन्दिरमा पूजाआजा सुरु भएको हो । धेरैजसो नागरिकले नवरात्रिको १० दिनसम्म चोखो भोको रहेर पूजापाठ गर्ने चलन रही आएको छ । सुदूरपश्चिममा दसैँलाई गौरा पर्वसँगै जोडेर हेर्नुपर्ने र भदौमा गौरीका पूजा गरेजस्तै अश्विन शुक्ल पक्षमा पनि सात्विक हिसाबले शक्तिकै पूजा गर्ने चलन रहेको छ । पितृ पक्षबाट नै शुद्ध शाकाहारी भोजन सुरु गरेका श्रद्धालुले नवरात्रको १० दिनसम्म एकछाक मात्रै खाएर नवरात्र उपासना गर्ने गरेका छन् ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्म चारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : २५ बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध