सुनकको उदयले फेरिएको विश्व राजनीतिक धरातल | Khabarhub Khabarhub

सुनकको उदयले फेरिएको विश्व राजनीतिक धरातल

भारतीय मूलका बेलायती नयाँ प्रधानमन्त्रीबारे चिन्ता र चाँसो बराबर


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केही महिना अघि मात्र लिज ट्रससँग भारतीय मूलका ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको प्रधानमन्त्रीमा पराजित भएको समाचारलाई सामान्य लिइएको थियो। तर अहिले परिस्थिति उल्टिएको छ। ट्रसको राजीनामासँगै कन्जरभेटिभ पार्टीले सुनकलाई देशको नेतृत्व सुम्पिएको छ।

सुनकको यो सफलतासँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै विश्वव्यापी एजेन्डा र “रोडम्याप २०३० ” का लागि सहकार्य गर्न सकिने र एउटा फ्रेम वर्क बनाएर अगाडी बढेमा यो अझै राम्रो हुने प्रतिक्रिया दिएका छन्।

अहिले बेलायतमा रहेका भारतीय मूलका बासिन्दाले दीपावली मनाइरहेका छन्। यसै प्रसङ्गमा सुनकले इतिहास नयाँ दिशामा गएको आशय व्यक्त गरेका छन्। मोदीले ऐतिहासिक टकराबलाई छाडेर विश्वव्यापी रूपमा नयाँ साझेदार शक्तिको रूपमा अगाडी जाने योजना अझ कसिलो भएको समेत उल्लेख गरेका छन्।

धेरै भारतीय सञ्चारमाध्यमले सुनकको जितलाई अर्थपूर्ण रूपले व्याख्या गरेका छन्। उनीहरूले “भारतीय छोरा बेलायतको शासक ” को रूपमा व्याख्या गरेका छन्।

अहिले संसारमा नै बेलायतका यी नयाँ नेताको उदय तथा पारिवारिक पृष्ठभूमिका बारे चासो हुनु स्वाभाविक विषय बनेको छ। उनका हजुरबा पन्जाबमा हुर्के। ऋषिको ससुरा इन्फोयजका साहु हुन्। उनी भारतका एकदमै परिचित व्यापारी हुन्। हिन्दु धर्मावलम्बी सुनकले हिन्दु धार्मिक ग्रन्थ गीता छोएर संसद्को शपथ लिएका थिए।

केही समय देखि बेलायत र भारतका बिच खुला व्यापार सहमतिको प्रयास भएको छ। तर यसले कतै भारतीय आप्रवासीको सङ्ख्या अस्वाभाविक रूपमा बढाउने त होइन भन्ने चिन्ता ऋषिको दलका धेरै नेतामा छ।

यसो त भारत र बेलायतको राजनीतिसँग विगत देखि नै सम्बन्धित देश केन्या पनि हो। केन्याका राष्ट्रपति विलियम उटोले ऋषिको अहिलेको जिम्मेवारीका विषयमा कुनै औपचारिक प्रतिक्रिया व्यक्त गरेका छैनन्।

केन्याका सञ्चार माध्यमले सुनकको उदय र नेतृत्वलाई अमेरिकामा पूर्व राष्ट्रपति बाराक ओबामाको उदयसँग तुलना गर्न थालेका छन्। ओबामा अमेरिकी नागरिक भए पनि उनका बाबुको घर केन्याको होमा खाडी हो। त्यहाँका धेरै वरिष्ठ सञ्चारकर्मीले बेलायतका नयाँ शासकको उदयलाई विश्व राजनीतिमा केन्यालीको उत्साहवर्धक उपस्थितिको रूपमा व्याख्या गरेका छन्।

घरेलु भूमिको राजनीतिक समर्थनलाई जोगाउने कुरामा मात्र केन्द्रित हुने उनको नीति त हुने छैन भन्ने कुरामा युरोपेली युनियनका नेताहरूको चिन्ता छ।

ऋषिका हजुरबा अहिले पाकिस्तानमा रहेको गुजरानवालाबाट सन् १९३०मा केन्या गएका थिए। ऋषिका बाबु सन् १९६०मा केन्याबाट बेलायत पुगेका हुन्।

युरोपेली युनियनका अध्यक्ष र्चाल्स माइकलले अहिले देखिएका साझा चुनौतीको समाधान गर्न मिलेर अगाडी बढ्नुको कुनै विकल्प नभएको प्रतिक्रिया दिएका छन्।

ब्रेक्जिट समर्थक ऋषि सुनकको उदय धेरै युरोपेलीलाई मन नपर्न पनि सक्छ। संयुक्त अधिराज्य अन्तरगतका राज्यहरूलाई युरोपेली युनियनबाट बाहिर निकाल्ने उनको मतको आलोचक युरोपमै नभएका होइनन्। परन्तु धेरै नेताहरू साझा चुनौतीको मिलेर सामना गर्नु कुनै विकल्प नभएको प्रतिक्रिया दिन चाहन्छन्।

युरोपाका सम्पादक कात्या अल्दरका अनुसार युरोपेली युनियनका नेताहरू उनीसँग सहकार्य गर्न एकदमै इच्छुक छन्। बेलायत र युरोपेली युनियनको बिचमा व्यापारिक सहकार्य, बढ्दो इन्धनको मूल्यको कारण आएका समस्याको निराकरण र उत्तरी आयरल्यान्डको मर्यादा स्थानको बारे धेरै बहस र छलफल हुन अझै आवश्यक छ। तर, अब युरोपेली युनियन र बेलायतको यस विषयमा साझा अवधारणा नभएको मत धेरैको छ।

अगस्टमा भएको ब्रेक्टिज वार्तामा सुनकले युरोपेली युनियनसँग व्यापारिक युद्ध गर्ने आफ्नो कुनै रुचिको विषय नभएको बताएका थिए। यसका बाबजुद सहमति कायम गर्न उनका लागि राजनीतिक रूपले धेरै कठिन छ। घरेलु भूमिको राजनीतिक समर्थनलाई जोगाउने कुरामा मात्र केन्द्रित हुने उनको नीति त हुने छैन भन्ने कुरामा युरोपेली युनियनका नेताहरूको चिन्ता छ।

आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनले कुनै पनि समस्या समाधान गर्नका लागि सुनकसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन्। उनले आयरल्यान्ड भित्र रहेका समस्या, बेलायतमा रहेको समस्या तथा विश्वव्यापी समस्याका बारे सहकार्य गर्न इच्छुक रहेको बताएका हुन्।

आयरल्यान्डको एक लोकप्रिय सञ्चार माध्यमले सुनकको उदयलाई सकारात्मक विषय भए पनि ब्रेक्जिट लगायत धेरै चुनौती उनका सामु भएको उल्लेख गरेको छ। उत्तरी आयरल्यान्डको स्थानका बारे यस निर्वाचनमा कुनै बहस भएको छैन। यस विषयलाई आइरिसहरुले चासो पूर्वक हेरेका थिए। ट्रसको कर कटौतीको मापदण्डलाई नयाँ प्रधानमन्त्रीले कसरी सम्बोधन गर्ने हुन् धेरैका लागि चासोको विषय बनेको छ।

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले ऋषि सोनुकलाई बधाई दिँदै बेलायती जनता र सिङ्गो संसारले अहिले भोगी रहेको समस्या समाधान गर्नका लागि सफलता दिएका हुन्।

बेलायत र आयरल्यान्डको विषयमा ब्रेक्जिट एउटा गम्भीर बहस त हुँदै हो। साथै उत्तरी आयरल्यान्डको प्रोटोकल अर्को पेचिलो विषय हो।
अहिले बेलायतबाट गएको सामान उत्तरी आयरल्यान्डमा परीक्षण हुने गरेका छन्। तर, यस भन्दा अगाडी नै बेलायतले यस विषयमा दुई पक्षीय मापदण्ड हुनु पर्ने आवाज उठाएको थियो। त्यस स्थानबाट अन्य जाने सामान मात्र परीक्षण गर्ने मान्यता बेलायतको हो।

अमेरिकी राष्ट्रपति जो बइडेनले ऋषि सुनकको सफलता बेलायती राजनीतिको धरातल नै फेरिने कोशे ढुङ्गा भएको प्रतिक्रिया दिएका छन्।
अमेरिकी सञ्चारमाध्यमहरूले पनि महिला र भिन्न जातीय पहिचान भएकाहरू नेतृत्व पुग्ने इतिहास भएको बेलायतमा ऋषि सुनकको सफलता एउटा महत्त्वपूर्ण कोशे ढुङ्गा भएको जनाउन थालेका छन्।

त्यसो त वासिङ्टन पोस्टले उनलाई पहिलो फरक रङ्गको व्यक्ति प्रधानमन्त्री भएको जनाउँदै यसलाई महत्त्वपूर्ण कोशेढुंगा भएको उल्लेख गरेको छ। यस अघि नै राष्ट्रपति वाइडेनले कर कटौतीको निर्णय गलत भएको धारणा राखिसकेका थिए। चीनका विदेश मन्त्री वाङवेन बिनले भने द्विपक्षीय समझदारीमा धेरै कुरा हुन सक्ने बताएका छन्।

युक्रेनका राष्ट्रपति भालाडोमिर जेलेन्सकीले ऋषि सोनुकलाई बधाई दिँदै बेलायती जनता र सिङ्गो संसारले अहिले भोगी रहेको समस्या समाधान गर्नका लागि सफलता दिएका हुन्। युक्रेन संसद्की उप सभामुख अलेक्जेन्डर कोरिनेन्कोले बेलायती जनतालाई देश स्थायित्वको बाटोमा अगाडि बढेकोमा बधाई दिएका छन्।

युक्रेनले बोरिस् जोन्सन र ऋषि सुनक दुवै जना युक्रेनका लागि उपयुक्त भएको ठहर गरेका छन्। गत गृष्ममा भएको सम्मेलनमा पनि ऋषिले युक्रेनलाई हेर्ने बेलायतको नीति यथावतै रहेको बताएका थिए। उनीबाट युक्रेनले थप सहयोगको समेत अपेक्षा गरेको छ।

ऋषिले पनि आफ्नो धारणा राखेका छन्। बेलायतले अहिले आर्थिक सङ्कटको सामना गरी रहेको बताउने उनी यसलाई समाधान गर्न ट्रसले गरेको केही गल्तीलाई पनि सच्याउन आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।

रुसले भने सुनकको जित पछि पनि बेलायतसँगको सम्बन्धको बारे केही सोच्न नै आवश्यक नरहेको प्रतिक्रिया दिएको छ। रुसले युक्रेनमा आक्रमण गरे पछि बेलायत रुससँग एकदमै नकारात्मक छ। धेरै प्रतिबन्धको पक्षमा बेलायतले खुलेर वकालत गरेको छ भने युक्रेनलाई सहयोग पनि जारी राखेको छ। तसर्थ रुसको पनि बेलायत प्रतिको धारणा नकारात्मक छ। अस्ट्रेलियाकी कोशाध्यक्ष जिम र्चाल्सले सुनक अस्ट्रेलियाका निकट मित्र भएको प्रतिक्रिया गरेका छन्।

यस अगाडी नै ट्रसले अस्ट्रेलिया र न्युजील्यान्डसँग व्यापारिक सम्झौताका लागि वार्ता अगाडी बढाएको विषयलाई लिएर ऋषि सुनकले आलोचना गरेका थिए। उनले यसमा हतारो गर्न नहुने धारणा राखेका थिए। ऋषि सुनकको उदयका बारे यी यावत चर्चा भए। ऋषिले पनि आफ्नो धारणा राखेका छन्। बेलायतले अहिले आर्थिक सङ्कटको सामना गरी रहेको बताउने उनी यसलाई समाधान गर्न ट्रसले गरेको केही गल्तीलाई पनि सच्याउन आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।

यसैबिच विपक्षी दलका नेता लेबर पार्टीका केइर स्टेमरले सोनुकलाई बधाई दिँदै अहिले बेलायतमा आम निर्वाचनको आवश्यकता रहेको बताएका छन्।

छिटो राजनीतिक फड्को मारेका भारतीय मूलका यी राजनीतिज्ञ सन् २०१५ मा पहिलो पटक संसद् सदस्य भएका थिए। सन् २०२० को फेब्रुअरीमा तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनले उनलाई अर्थमन्त्री बनाएका थिए। अक्सफोर्ड विश्वविद्यालयका उत्पादन ऋषि धनाढ्य पनि हुन्। तीनै ऋषि सुनक शक्ति राष्ट्र बेलायतका प्रधानमन्त्री भएका छन्।

यो छिटो प्रगतिको कारण संयोग मात्र पक्कै होइन ,विलक्षण प्रतिभा पनि हो। सायद उनको प्रतिभा अहिले देखिएको विश्वव्यापी समस्या र बेलायतको आर्थिक सङ्कटलाई निराकरण गर्न कामयाबी हुने छ। (स्रोत : बीबीसी)

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ८ : १६ बजे

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी