कैलालीमा अस्थायी मतदान केन्द्रको व्यवस्था « Khabarhub

कैलालीमा अस्थायी मतदान केन्द्रको व्यवस्था


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कैलाली – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली जिल्लाका अस्थायी मतदाताका लागि विभिन्न आठ स्थानमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ को उपमहानगरपालिका कार्यालय भवन, धनगढीमै रहेको जिल्ला कारागार भवन, गोदावरी नगरपालिका–२ को वनदेवि मन्दिर र वडा नं ४ को महादेव मन्दिर परिसरलाई अस्थायी मतदान केन्द्र तोकिएको छ ।

यस्तै गौरीगङ्गा नगरपालिका–६ को बाह्रवन साझेदारी वन व्यवस्थापनको कार्यालय, वडा नं ८ को बडैपुर वडा कार्यालय, लम्कीचुहा नगरपालिका–३ को वडा कार्यालय र टीकापुर नगरपालिका–१ को सिटी हललाई पनि अस्थायी मतदान केन्द्र तोकिएको छ ।

अस्थायी मतदाता रहेका सेना, प्रहरी, निर्वाचनमा नखटिने कर्मचारी र कारागारका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । यी मतदाताको सङ्ख्या जिल्लामा चार हजार सात सय ७६ रहेको छ । स्थायी मतदाता भने पाँच लाख ३५ हजार पाँच सय १४ छन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले अस्थायी मतदाताले अस्थायी मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउने बताए । जिल्लामा स्थायी मतदानस्थल दुई सय ३७ र मतदान केन्द्र छ सय २९ तोकिएका छन् । समानुपातिक मतपत्रका साथै सबै निर्वाचन क्षेत्रमा मतपेटिका पुर्‍याइसकिएको छ ।

आवश्यक थप निर्वाचन सामग्री पठाउने तयारी भइरहेको कार्यालय प्रमुख भट्टले बताए । पछिल्ला दिनमा प्रदेश निर्वाचन कार्यालयले निर्वाचनका लागि आफ्नो आन्तरिक तयारी तीव्र पारेको छ । यस क्रममा कार्यालयका कर्मचारीलाई हाल बिदाको दिनमा समेत निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने कामको चटारो बढेको छ ।

तयारीको क्रममा सुदूरपश्चिम प्रदेशका कैलालीसहित कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रयोग गरिने मतपत्र पुर्‍याइसकिएको छ । अछाम र बाजुरामा केही दिनभित्रै यी मतपत्र पुर्‍याइने छ ।

प्रदेशका सबै नौ जिल्लाका प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमा (अस्थायी मतदाताबाहेक) १६ लाख ५६ हजार चार मतदाता छन् । प्रतिनिधिसभातर्फ कैलालीमा पाँच र कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र छन् । पहाडी क्षेत्रका अछाममा दुई र डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेलधुरामा एक-एक निर्वाचन क्षेत्र छन् । एक मतदान केन्द्रमा स्वयंसेवकसहित बढीमा ११ कर्मचारी खटाउन लागिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ८ : ३० बजे

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र