आरबी साल्जबर्गलाई हराउँदै चेल्सी नकआउट चरणमा « Khabarhub

आरबी साल्जबर्गलाई हराउँदै चेल्सी नकआउट चरणमा


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस क्लब चेल्सी मंगलबार राति आरबी साल्जबर्गमाथि २-१ को जितसहित च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।

२३औं मिनेटमा माटियो कोभासिचले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो। ४८औं मिनेटमा अडामुले गरेको गोलमा साल्जबर्ग खेलमा फर्किएको थियो।

६४औं मिनेटमा काई हाभार्टजले गरेको गोलमा चेल्सीले पुनः अग्रता लिएको थियो। जुन गोल चेल्सीलाई समूह चरण भन्दा माथि उठ्नका लागि पर्याप्त बन्यो।

पाँच खेलमा १० अंक जोडेको चेल्सी समूह इ को शीर्ष स्थानमा छ भने दोस्रो स्थानको एसी मिलानको समान खेलमा सात अंक छ। तेस्रो स्थानको साल्जबर्गको ६ र चौथो स्थानको डिनामो जागरेभको चार अंक रहेको छ।

समूह इ कै अर्को खेलमा मिलानले नकआउट चरण प्रवेशको सम्भावना जीवित राख्ने क्रममा जागरेभमाथि ४९० को जित निकाल्यो।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ९ : ३४ बजे

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र