न्यू योर्कको सबवेमा कपडा अल्झिँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

न्यू योर्कको सबवेमा कपडा अल्झिँदा एक जनाको मृत्यु


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्यू योर्क महानगरको सबवे रेलमा कपडा अल्झिँदा एक जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार रेलमा कपडा अल्झिँदा २० वर्षे मानिसको मृत्यु भएको हो ।

गुडिरहेको रेलको डिब्बामा कपडा अल्झिएसँगै रेलले उनलाई घिसारेर केही परसम्म पुर्‍याएको थियो । पछि विपरीत दिशाबाट आएको रेलले ठक्कर दिएसँगै उनको मृत्यु भएको जनाइएको छ ।

पछिल्लो समय न्यू योर्क सहरको सबवेमा दुर्घटना र हिंसात्मक अपराधका घटनाहरु बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा मध्यावधि चुनाव आउन लागेसँगै न्यू योर्कको सबवेमा भइरहेका आपराधिक एवम् दुर्घटनाजन्य घटना पनि चुनावी मुद्दा बन्न थालेका छन् ।

न्यू योर्क राज्यकी गर्भनर केथी होचुलले तीन सातापछि हुने चुनावमा प्रतिस्पर्धा गर्दैछिन् । उनले सुरक्षालाई ध्यान दिँदै सबवेमा गस्ती प्रहरी र निगरानी क्यामेराको सङ्ख्या बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : ५८ बजे

पाठेघरको मुखको क्यान्सर : स्क्रिनिङ र खोप विस्तार जरुरी

काठमाडौं– आज १७ नोभेम्बर, विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस

कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

कञ्चनपुर– ३५ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

दाङ– आफ्नै श्रीमती २५ वर्षीया सिता सुनारको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१८