न्यू योर्कको सबवेमा कपडा अल्झिँदा एक जनाको मृत्यु « Khabarhub

न्यू योर्कको सबवेमा कपडा अल्झिँदा एक जनाको मृत्यु


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्यू योर्क महानगरको सबवे रेलमा कपडा अल्झिँदा एक जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार रेलमा कपडा अल्झिँदा २० वर्षे मानिसको मृत्यु भएको हो ।

गुडिरहेको रेलको डिब्बामा कपडा अल्झिएसँगै रेलले उनलाई घिसारेर केही परसम्म पुर्‍याएको थियो । पछि विपरीत दिशाबाट आएको रेलले ठक्कर दिएसँगै उनको मृत्यु भएको जनाइएको छ ।

पछिल्लो समय न्यू योर्क सहरको सबवेमा दुर्घटना र हिंसात्मक अपराधका घटनाहरु बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा मध्यावधि चुनाव आउन लागेसँगै न्यू योर्कको सबवेमा भइरहेका आपराधिक एवम् दुर्घटनाजन्य घटना पनि चुनावी मुद्दा बन्न थालेका छन् ।

न्यू योर्क राज्यकी गर्भनर केथी होचुलले तीन सातापछि हुने चुनावमा प्रतिस्पर्धा गर्दैछिन् । उनले सुरक्षालाई ध्यान दिँदै सबवेमा गस्ती प्रहरी र निगरानी क्यामेराको सङ्ख्या बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : ५८ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा