इजिप्टमा सडक दुर्घटनामा परी ११ जनाको मृत्यु « Khabarhub

इजिप्टमा सडक दुर्घटनामा परी ११ जनाको मृत्यु


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजिप्टको राजधानी कायरोको उत्तरमा पर्ने डाकाहलिया प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अरु नौ जना घाइते भएका छन् ।

चालकसहित १४ जना बोकेको एउटा मिनीबस राजमार्गको पुलतर्फ जाँदै गर्दा विपरीत सडकबाट निकै तीव्र गतिमा आउँदै गरेको लरीले ठक्कर दिएको डकाहलिया प्रान्तको फेसबुकमा राखिएको एउटा विज्ञप्तिमा जनाइएको छ ।

मृत्यु हुनेहरु सबै एकै परिवारका रहेका छन् । एकै परिवारका छ बालबालिकासहित एघारको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा घाइते भएका सबैलाई नजिकैको एक सरकारी अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ३ : ३० बजे

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा