कांग्रेसका युवा नेता प्रदीप पौडेललाई डा. भोला रिजालले दिए शुभकामना « Khabarhub

कांग्रेसका युवा नेता प्रदीप पौडेललाई डा. भोला रिजालले दिए शुभकामना


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाका उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालले शुभकामना दिएका छन् ।

चुनाव प्रचार अभियानका क्रममा बुधबार बिहान रिजाल निवास पुगेका पौडेललाई डा. रिजालले शुभकामना दिएका हुन् । उनले प्रदीप पौडेल शान्त स्वभावको नेता भएको बताउँदै यस्ता मानिस कहिल्यै पछि नपर्ने समेत टिप्पणी गरे

पौडेलले रिजालसँगै आफ्नो निर्वाचन क्षेत्रका विभिन्न व्यक्तित्वहरुसँग पनि भेट गरिसकेका छन् । पौडेलले ‘रुपान्तरणको आधार सुशासन र सदाचार अहँ ! भ्रष्ट्राचार’ नामको चुनावी नारा पनि सार्वजनिक गरिसकेका छन् ।

नाराको अन्त्यमा ‘डिसलाइक’ चिन्ह प्रयोग गरिएको छ । डिसलाइक चिन्हको अर्थ भ्रष्टाचारीलाई डिसलाइक भन्ने रहेको पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ३ : ४३ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका