नर्वेमा संदिग्ध रुसी जासुस पक्राउ « Khabarhub

नर्वेमा संदिग्ध रुसी जासुस पक्राउ


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नर्वेजियन प्रहरीले एक जना संदिग्ध रुसी जासुसलाई पक्राउ गरेको छ । बीबीसीका अनुसार नर्वेको आन्तरिक सुरक्षा निकाय पीएसटीले विश्वविद्यालयमा अध्यापन गराउने ३० वर्षे मानिसलाई पक्राउ गरेको हो ।

नर्वेको ट्रोम्सो विश्वविद्यालयमा ब्राजिलियन अध्यापकको छद्म भेषमा अध्यापन गराउने रुसी नागरिकलाई पक्राउ गरिएको जनाइएको छ । ती अध्यापकको पहिचान भने गोप्य राखिएको छ । उनले आफू ब्राजिलियन अध्यापक भएको बताएपनि खासमा उनी रुसी भएको नर्वेजियन अधिकारीको दाबी छ ।

ती अध्यापकले ट्रोम्सो विश्वविद्यालयमा सन् २०२१ यता शोधकर्ताको रुपमा काम गरिरहेको बीबीसीले जनाएको छ ।

नर्वेको राजधानी ओस्लोमा रहेको रुसी राजदूतावासले भने स्थानीय सञ्चारमाध्यमलाई पक्राउ परेका व्यक्तिको पहिचान गर्न अस्वीकार गरेको बताइएको छ ।

‘आधारभूत राष्ट्रिय हितमा खतरा’ पहिचान गरी उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । नर्वेजियन प्रहरीका उपप्रमुख हेड्विग मोइले नर्वेका नीतिबारेका सूचना हात पारेको हुनसक्ने विषयमा अनुसन्धानकर्ताहरु चिन्तित बनेको टिप्पणी गरेकी छिन् ।

नर्वेजियन अधिराज्यका लागि खतरा नभएपनि रुसले उक्त सूचनाको दुरुपयोग गर्नसक्ने उनले बताइन् । अदालतले उनलाई चार सातासम्मका लागि हिरासतमा राख्ने अनुमति दिएको छ ।

शीतयुद्धका बेला तत्कालीन सोभियत संघको कुख्यात जासुसी निकाय केजीबीले आफ्ना जासुसहरुलाई नक्कली पहिचान दिएर विदेशी भूमिमा खटाउने गरेको थियो । वर्तमान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केजीबीको त्यस किसिमको जासुसी अभियानलाई पुनजागृत गरेको बताइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ४ : ११ बजे

कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत

कर्णाली– कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको

इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु

काठमाडौं- अमेरिका र इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

पाँचथर– कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो ।

ओलम्पिक कमिटीले काठमाडौंमा ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने

काठमाडौं– नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा ‘एसियन

उम्मेदवारको चुनावी खर्च पारदर्शी नभएको निर्वाचन संयुक्त पर्यवेक्षण समितिको निष्कर्ष

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन संयुक्त पर्यवेक्षण समितिले निर्वाचनमा उम्मेदवारहरूले खर्चमा पारदर्शिता