युक्रेन र आईएमएफबीच छलफल | Khabarhub Khabarhub

युक्रेन र आईएमएफबीच छलफल


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आर्थिकलगायत आवश्यक सहयोगका विषयमा युक्रेन र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच छलफल भएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस सामहाल र आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियाभाबीच यसबारे छलफल भएको हो ।

युक्रेन र आईएमएफका बीचमा हुनसक्ने थप र नयाँ सहयोगका विषयमा उनीहरुबीच कुराकानी भएको बताइएको छ । युक्रेनका प्रधानमन्त्रीको सचिवालयले यसबारे जानकारी दिएको हो ।

प्रधानमन्त्री सामहालले आगामी सन् २०२३ मा युक्रेनमा आईएमएफको नयाँ आयोजना सुरु हुने बताएका छन् ।

जर्मनीको बर्लिनमा भएको सो छलफलका क्रममा उनले युक्रेनलाई थप सहयोग आवश्यक रहेको बताएका थिए । यस क्रममा आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिनाले पनि युक्रेनका लागि आईएमएफको सहयोग निरन्तर रहेको र आगामी वर्ष नयाँ कार्यक्रमका ल्याइने बताएकी थिइन् ।

यस वर्षमात्र युक्रेनले आईएमएफबाट दुई अर्ब सात करोड अमेरिकी डलर सहयोग प्राप्त गरेको छ । सो सहयोगलाई निरन्तरता दिँदै युक्रेनका लागि आगामी वर्ष नयाँ कार्यक्रम ल्याइने आईएमएफले जनाएको छ ।

युक्रेनमाथि रुसले हमला गरेपछि युक्रेनको अर्थतन्त्र नाजुक बनेको छ । यसबाहेक कतिपय भौतिक संरचनाको पुनर्निमाणका क्षेत्रमा पनि युक्रेनलाई सहयोग आवश्यक रहेको बताइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ६ : २७ बजे

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ