तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे ‘हाउसफुल’ « Khabarhub

तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे ‘हाउसफुल’


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

मजुङ- लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीमा समेत बढ्न थालेको छ । दशैँमा हुने लामो बिदामा धेरै व्यक्ति विभिन्न स्थानमा घुम्न निस्किन्छन् । 

लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैँ मनाउने आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको छ । दसैँ र तिहार बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन् ।

सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला  तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ । ‘बिदा मनाउनका लागि समूह समुह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भने, ‘गाउँका सवै होमस्टे घरहरू पर्यटकले भरिएका छन् ।’ उनका अनुसार होमस्टेमा दसैँ मनाउनका लागी ५०/६० जना आन्तरिक पर्यटक आएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ७ : २८ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब