जलस्रोत तथा सिंचाई कार्यालय लमजुङद्वारा १ सय ११ योजनाको निर्माण कार्य सुरु « Khabarhub

जलस्रोत तथा सिंचाई कार्यालय लमजुङद्वारा १ सय ११ योजनाको निर्माण कार्य सुरु


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय लमजुङले आर्थिक बर्ष २०७९/०८० मा कार्यालयमा परेका योजनाहरुको निर्माण कार्य सुरु गरेको छ ।

कार्यालयका प्रमुख राजेन्द्र भण्डारीका अनुसार यस आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारमार्फत जिल्लाका लागि प्राप्त भएको १ सय ११ वटा योजनाका काम असोजको दोस्रो साताबाट सुरु गरिएको हो ।

चालु आर्थिक वर्षमा जिल्लामा सिंचाईसम्बन्धी संघ र प्रदेशबाट ६८ वटा योजना र नदी नियन्त्रण सम्बन्धि ४३ वटा योजनाहरु परेको उनले बताए । उक्त योजनाका लागि संघबाट ६ करोड २५ लाख र प्रदेशबाट ९ करोड ९७ लाख रुपैयाँ गरी कूल १६ करोड २२ लाख बजेट आएको छ । कूल १ सय ११ वटा योजनाका लागि आएको उक्त बजेटलाई योजनाको इस्टेमेट अनुसार बजेट विनियोजन गर्ने कार्यालयले जनाएको छ ।

संघ र प्रदेश सरकारबाट जिल्लामा सिंचाईसम्बन्धी योजनाहरुमा भोर्लेटार सिंचाई योजना, अलैचेफाँट सिंचाई योजना अर्चलबोट, राम्चेफाँट सिंचाई योजना भुजुङ, राइनासटार सिंचाई योजना, सत्रसय सिंचाई योजना भोर्लेटार, मोर्ङी सिंचाई योजना घनपोखरा, नयाँबारी सिंचाई आयोजना राईनास ८ तार्कुघाट रहेको कार्यालयका इन्जिनियर सुजन खड्काले बताए ।

यस्तै फुलिखेत सिंचाई योजना क्व्होलासोंथर गाउँपालिका ६, आलेकुलो सिंचाई दुधपोखरी ४ ताजी, छिनखोला सिंचाई आयोजना मर्स्याङ्दी ७, लामीखेत सिंचाई योजना सुन्दरबजार ३, नर्सलबोटे पिप्ले सिंचाई योजना बेंसीशहर २, खिन्चोक खोला सिंचाई योजना दोर्दी गाउँपालिकालगायत गरी ६८ वटा सिंचाई सम्बन्धी योजनाहरु रहेको उनले बताए ।

यसैगरी संघ र प्रदेश सरकारबाट जिल्लामा नदी नियन्त्रण सम्बन्धि परेका योजनाहरुमा आपतकालीन बाढीपहिरो तथा जलस्रोतसम्बन्धी क्षतिग्रस्त संरचनाहरुको पुनस्थापना कार्य, सुनखोला तटबन्ध निर्माण बेंसीशहर ७, खहरेखोला तटबन्ध निर्माण मध्यनेपाल १ र २, दत्तेबाहुनी कुवा नजिक पहिरो नियन्त्रण राइनास ६, फूलबारी ढुंगाफोरुवा बस्ती संरक्षण सुन्दरबजार ९, कोल्की भञ्ज्याङ पहिरो नियन्त्रण दुधपोखरी ५, सिम्लेखेत दाहाल खोला नियन्त्रण राइनास ५, आँसिफाँट बस्ती संरक्षण मध्यनेपाल १०, किरिन्चे खोला नियन्त्रण कार्य सुन्दरबजार ५, डाँडास्वारा पहिरो नियन्त्रण दुधपोखरी २, आपतकालीन बाढीपहिरो नियन्त्रणलगायत गरी ४३ वटा योजना रहेका छन् ।

चालु आर्थिक वर्षका आयोजनाहरुमध्ये निर्माण सुरु गरिएको खहरेखोला नियन्त्रण सुन्दरबजार योजनाको काम सम्पन्न भएको इन्जिनियर खड्काले बताए ।

यस्तै कोत्रिया कुलो सिंचाई योजना मध्यनेपाल, आलेकुलो सिंचाई योजना दुधपोखरीको कार्य तीव्र गतिमा अघि बढेको र अन्य योजनाको कार्य पनि सुरु हुने चरणमा रहेको उनले बताए ।

कार्यालयले चालु वर्षका योजनाका कार्यहरु असार मसान्तभित्रका सक्ने गरी योजनाहरुको कार्यलाई तीव्र पारेको सिंचाई डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ७ : ४४ बजे

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश