उत्तर कोरियाबाट भागेर दक्षिण आएकी महिलाको शव कुहिएको अवस्थामा फेला « Khabarhub

उत्तर कोरियाबाट भागेर दक्षिण आएकी महिलाको शव कुहिएको अवस्थामा फेला


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आएकी एक महिलाको कुहिएको अवस्थामा अवशेष फेला परेको छ । दक्षिण कोरियाको राजधानी सोलमा गत साताको बुधबार ती उत्तर कोरियाली महिलाको अवशेष फेला परेको दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ ।

४० को दशक उमेर रहेकी ती महिला सन् २००२ मा उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेको प्रहरीले जनाएको छ । उनले लामो समयसम्म घरभाडा नतिरेपछि सोलको आवास एवम् समुदाय सहकारीका अधिकारीहरु उनको निवास पुगेका थिए । त्यहाँ उनीहरुले ती महिलाको अवशेष फेला पारेको जनाइएको छ ।

उनको शरीर गम्भीर रुपमा कुहिएको र कंकालजति मात्रै बाँकी रहेको प्रहरीको भनाइ छ । उनले जाडो याममा लगाउने कपडा लगाएका कारण उनको मृत्यु भएको करिब एक वर्ष भइसकेको हुनसक्ने अधिकारीको अनुमान छ । यद्यपि पोस्टमार्टमपछि घटनाबारे थप विवरण सार्वजनिक हुने प्रहरीले जनाएको छ ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले मृतक महिलाको पहिचान सार्वजनिक गरेका छैनन् । यद्यपि उनले सन् २०११ देखि सन् २०१७ सम्म मन्त्रालयको कोरिया हाना फाउन्डेसनमा काम गरेको जनाइएको छ ।

प्रहरीले राष्ट्रिय फरेन्सिक सेवालाई घटनाबारे थप अनुसन्धान गर्नका लागि आग्रह गरेको सीएनएनले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ८ : ३५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित