शाखा प्रमुखको जागिर छोडेर फूल खेती | Khabarhub Khabarhub

शाखा प्रमुखको जागिर छोडेर फूल खेती


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- २०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गरेकी हुमा गुरुङ ४० वर्षकी भइन् । बेंसीशहर नगरपालिका २ गैरीस्थित सिप विकास प्रतिष्ठान गैरीक्याम्पसको प्रवर्द्धन शाखा प्रमुखको जागिर छोडेर उनी फूल खेतीमा लागेकी हुन् । उनले मासिक २५ हजारको जागिर छाडेकी हुन् । अहिले गुरुङले पुष्प व्यवसायबाटै मासिक दुई लाख कमाउने बताउँछिन् ।

नर्सरीबाट बाह्रमासे दुई सयभन्दा बढी प्रजातिका फूलका बिरुवा र विभिन्न प्रजातिका बिरुवा बिक्री हुनेको छ ।

बेंसीशहर नगरपालिका २ बोहोराबेसीमा पुष्प व्यवसाय गर्दै आएकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमा काम गर्न भ्याइनभ्याई हुन्छ । ‘फूलको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै फूलमा पानी हाल्यो, गोडमेल गर्‍यो समय बितेको पत्तै हुँदैन । हुमा ५ वर्षदेखि नर्सरी व्यवसायमा रमाएकी छिन् ।

जिल्लामा एक मात्र पुष्प व्यवसाय सुरु गरेकी हुमाले जिल्लाको पुष्प व्यवसायलाई सम्भावनाको पेसाको रूपमा चिनाएकी छन् । गुरुङले बेंसीशहर–२ बोहोराबेसीमा ६ रोपनी जमिनमा मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गरेकी हुन् । गुरुङले एक रोपनी जग्गामा सयपत्री जातको फूलको खेती गरेकी छन् । ५ रोपनी जग्गामा विभिन्न जातका फूल र अन्य जातका बिरुवाहरू रोपेकी छन् ।

फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि झण्डै ५० लाख रुपैयाँ खर्च भइसकेको हुमाले बताइन् । उनले भनिन्, ‘ऋणधन गरेर लगानी गरे पनि जिल्लामै पहिलो नर्सरी भएकाले राम्रो कारोबार भएकोमा सन्तुष्टी मिलेको छ । मैले अपेक्षा गरेको भन्दा निकै राम्रो व्यापार भएको छ ।’ फूलको बिरुवा व्यवसायमा हुमाले दुई जनालाई रोजगारसमेत दिएकी छन् ।

तीन महिनामा नै फुल्ने सयपत्रीका बिरुवा बिक्रीबाट हुमाले यसवर्ष ६ लाख रुपैयाँ आम्दानी गरेकी छन् । फूलको बिउ भने थाइल्यान्डबाट ल्याएको उनले बताइन् ।

‘पहिले थोरै काम चलाउन बारीको कान्लातिर मात्र रोप्ने गरेको थिएँ’ उनले भनिन्, ‘तीन वर्षबाट व्यावसायिक रूपमै खेती सुरु गरेको हुँ ।’ उनले फूलखेतीका लागि ठूलो मेहनत पनि आवश्यक नरहेको बताइन् ।

नर्सरीबाट तिहारका लागि एक लाख बढीको फूल बिक्री गर्ने उनले बताइन् । हुमाले एक रोपनी जग्गा भाडामा लिएर सयपत्री खेती गरेकी छन् ।

आफ्नो नर्सरीमा उत्पादन भएको फूलले बजार पाउँदा उनी निकै खुसी छिन् । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने उनी बताउँछिन् । ‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यावसायमा अझ उत्साहित बनाएको छ ।’

‘सार्वजनिक कार्यक्रममा खादा भन्दा मालाको माग बढ्दो छ’ हुमाले भनिन्, ‘उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पुर्‍याउनै सकेको छैन ।’

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ८ : ५० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार

आज २०८१ साल असोज १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं – बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा

कोशी प्रदेशले आउँदो माघमा लगानी सम्मेलन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र