एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत « Khabarhub

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य समेत रहेका अग्रवाललाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् ।

शनिबार च्यासलस्थित एमालेको मुख्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले खादा र टीका लगाइदिएर अग्रवाललाई पार्टी प्रवेश गराएका हुन् ।

त्यस अवसरमा अग्रवालसहित विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता पनि एमाले प्रवेश गरेका थिए ।

शेयर कारोबारी अग्रवाल विभिन्न वित्तीय अपराध गरेको आरोपमा पटकपटक पक्राउ पर्दै आएका छन् । पछिल्लो पटक पुषमा पक्राउ परेका उनी झण्डै ५० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  २ : ५४ बजे

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील