दाङका १२ मतदानस्थल अति संवेदनशील « Khabarhub

दाङका १२ मतदानस्थल अति संवेदनशील


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङमा करिब आठ हजार जनशक्ति परिचालन हुने भएका छन् । जिल्लामा तीन प्रदेश र छ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक सय ५३ मतदानस्थल र सय मतदान केन्द्र छन् ।

निर्वाचन सुरक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लाका सबै मतदान केन्द्रमा चार हजार बढी सुरक्षाकर्मी र तीन हजार सात सय २० कर्मचारी खटिन लागेको बताए । मतदानका लागि मतदान अधिकृतदेखि सहायक स्तरका कर्मचारी तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी खटिने छन् । दाङमा चार हजार सुरक्षाकर्मीमध्ये एक हजार नौ सय २० म्यादी प्रहरी परिचालन हुँदैछन् ।

सुरक्षा संवेदनशीलतालाई हेरेर मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिनेछ । दाङका एक सय ५३ मतदानस्थलमध्ये १२ मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । जिल्लाको ग्रामीण बस्तीमा रहेका मतदानस्थल सुरक्षाका रूपमा अति संवेदनशील पहिचान गरिएको छ । बबई गाउँपालिका, राप्ती गाउँपालिकामा बङ्गलाचुली गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका मतदानस्थल अति संवेदनशील मानिएको उनले बताए । अति संवेदनशील मतदान केन्द्रमा तीन प्रहरी र नौ म्यादी प्रहरी, संवदेनशील मतदान केन्द्रमा तीन प्रहरी र छ म्यादी प्रहरी यस्तै सामान्य मतदान केन्द्रमा तीन प्रहरी र पाँच म्यादी प्रहरी परिचालन हुने रेग्मीले बताए ।

जिल्लाको एक सय ३० संवेदनशील र ११ वटा मतदानस्थल सामान्य रहेको रेग्मीले जानकारी दिए । उनले अति संवेदनशीलमा राखिएको भए पनि सोहीअनुसार सुरक्षाकर्मी खटिने र मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण भएको जानकारी दिए ।

जिल्लामा चार सय ६५ मतदान केन्द्रमा चार सय ६५ जना मतदान अधिकृत र चार सय ६५ सहायक मतदान अधिकृतलाई जिम्मेवारी दिइने प्रदेश निर्वाचन कार्यालय प्रमुख निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । अन्य सहायक स्तरका कर्मचारी र स्वयंसेवक समेतलाई जिम्मेवारी दिइने उनको भनाइ छ । उनका अनुसार निर्वाचनमा तीन हजार दुई सय कर्मचारी र अपुग हुने स्थानमा शिक्षकलाई मतदान केन्द्रमा खटाउने तयारी भएको छ ।

जिल्लामा सबैलाई मतदान गर्ने वातावरण मिलोस् भनेर कारागारका कैदीबन्दी, सरकारी कर्मचारीलाई छुट्टै मतदान केन्द्रको व्यवस्था गरी निर्वाचनमा सहभागी गराइने तयारी भएको उनले जानकारी दिए । उनीहरूका लागि तीन स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण गरिने भएको छ । जिल्लाको घोराही र तुल्सीपुर कारागारका कैदीबन्दीलाई कारागार परिसरमै तथा जिल्लामा कार्यरत निर्वाचनमा खटिनेबाहेक सरकारी कर्मचारी एवं बाहिर जिल्लाबाट आएकालाई घोराहीमा अस्थायी मतदान केन्द्र तोकेर निर्वाचनमा सहभागी गराइने तयारी भएको हो ।

दाङमा एक सय ५३ मतदानस्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । मङ्सिर ४ को निर्वाचनका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा भाग लिन मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको सङ्ख्या चार लाख १४ हजार नौ सय ५६ जना रहेको छ । तीमध्ये दुई लाख तीन हजार नौ सय आठ पुरुष, दुई लाख ११ हजार ४६ महिला र अन्य दुई जना मतदाता रहेको प्रदेश निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ९ : ०५ बजे

धरानमा बालबालिका सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर