तिहारमा फूल सकिएपछि पाल्पामा निराशा « Khabarhub

तिहारमा फूल सकिएपछि पाल्पामा निराशा


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तिहारको अघिल्लो दिनमै फूल सकिएपछि पाल्पामा ग्राहक निराश बनेका छन् । फूल खरिद गर्न बुधबार बिहानै रामपुर नगरपालिका–४ देवीस्थानको फूलबारीमा ग्राहकको ठूलो भीड देखिन्थ्यो ।

यहाँ उत्पादन भएका फूल सकिएपछि धेरै ग्राहक रित्तो हात घर फर्किएका छन् । टीकाको दिनलाई अघिल्लो दिनमै बन्दोबस्त गरेर राख्न फूलबारीमा पुग्दा रित्तो बोटमात्रै रहेको गीता पौडेल बताउँछिन् । “एक हप्ताअघि माग गरे पनि ग्राहकको भीड थेगिनसक्नु हुँदा खाली हात घर फर्कनुपरेको छ”, उनले भनिन्, “व्यावसायिक फूलखेतीमा लगानी गरेर यसलाई विस्तार गर्नुपर्नेछ, रामपुरमा फूलखेतीको प्रवद्र्धन गर्नुपर्ने देखिएको छ ।”

बिहान करिब ७ बजे नै फूलबारीमा पुग्दा सबै बोटमा फूल सकिएको अवस्था रहेको दीपेन्द्र भट्टराईले बताए । फूलको महत्त्व तिहारमा ठूलो रहे पनि गाउँमा फूल अभावको समस्यालाई निराकरण गर्न उत्पादनमा जोड दिनुपर्ने उनी बताउँछन् ।

“फूल लिन भनेर बिहानै उठ्नेबित्तिकै आइयो, एउटा माला पनि पाउन सकिएन, गाउँघरमा कतै पनि फूल छैन, हामी उपभोक्ता फूल अभावमा कृत्रिम माला खरिद गर्न बाध्य हुनुपरेको छ”, उनले भने । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि गलामा सयपत्री र मखमली फूलको माला लगाउने चलन रहेकाले फूलमालाको विशेष महत्त्व रहन्छ । फूल खरिद गर्न आएका ग्राहक आज बिहानमात्रै करिब तीन सय बढीलाई रित्तै पठाउनुपर्दा दुःख लागेको व्यवसायी दिलबहादुर थापाले बताए ।

उनी भन्छन्, “बिहान म नउठ्दै ४ बजे नै स्थानीय ग्राहक आफैँले फूलबारीमा पसेर सबै फूल टिपेर उज्यालो नहुँदै सकियो, तौल लिन घरमा आउँदा म आफैँ झस्किएँ, बगैँचामा सबै फूल सकिएका छन्, सयौँ ग्राहकलाई रित्तो हात फिर्ता गराउनुपर्दा नमज्जा लागिरहेको छ ।”

बगैँचामा कोपिला लाग्दै गरेका फूल पनि ग्राहकले अभाव भएपछि टिपेर लगेका छन् । गाउँघरमा यस वर्ष कतै फूल फुलेको देखिँदैन । स्थानीय फूलको जात लोप भएकाले पनि अहिले अभाव छ । “देउसीभैलो, विभिन्न सङ्घसंस्थाको आयोजनामा गरिएको दीपावली पूजामा फूल खरिद गर्ने यसपटक धेरै बढे, गाउँमा व्यावसायिक उत्पादन गर्ने कोही छैनन्, तिहारको अघिल्लो दिनमै सबै फूल सकियो”, थापाले भने ।

तिहार सुरु भएदेखि आजसम्म थापाले करिब रु एक लाख ५० हजारको फूलमाला बिक्री गरेका छन् । तीन वर्षदेखि यस व्यवसायको थालनी गरे पनि यसपटक धेरै ग्राहकलाई फूलमालाबिना फर्काउनुपरेकामा दुःख मनाउ गर्दै अर्कोपटक उत्पादन बढाउने थापाको भनाइ छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ९ : ५० बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने