चीनको एक आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु « Khabarhub

चीनको एक आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनको उत्तरपश्चिमी सिन्जियाङ क्षेत्रमा रहेको एक आवासीय भवनमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । एउटा अग्लो भवनमा आगलागी भएको थियो ।

‘आकस्मिक उपचारको बाबजुद दस जनाको मृत्यु भयो’, सिन्ह्वाले रिपोर्ट गरेको छ । घाइते ९ जना खतरामुक्त रहेको बताइएको छ । कमजोर सुरक्षा मापदण्ड र तिनीहरूलाई लागू गर्ने जिम्मेवार अधिकारीबीचको भ्रष्टाचारको कारणले गर्दा चीनमा बारम्बार आगलागीका घटना दोहोरिएका छन् ।

यो हप्ता मध्यचीनको आन्याङ सहरमा रहेको एउटा कारखानामा आगलागी हुँदा ३८ जनाको मृत्यु र दुई जना घाइते भएका थिए । अधिकारीहरूले विद्युत वेल्डिंगमा कामदारहरूले सुरक्षा उपायहरू उल्लंघन गरेको दोष लगाएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ४४ बजे

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको