अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ « Khabarhub

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बुटवल– जिल्ला अदालत रूपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । उनलाई २५ पुस ०५२ मा अदालतको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेको थियो ।

 २७ वर्षदेखि लुकिछिपी बसिरहेका पुजारी थारूलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । देवनारायण थारू र तत्कालीन श्री ५ सरकारको जाहेरीले चोरी मुद्दामा कैद र जरिवाना ठहर भई हालसम्म फरार रहेका साविक दुधराक्ष-०८ हालको सैनामैना नगरपालिका-०८ बस्ने  वर्ष ४९ को पुजारी थारूलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । पक्राउपछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रूपन्देहीमा उपस्थित गराएकोमा शुक्रबार नै कारागार चलान गरिएको छ ।

यसैबीच, सवारी ज्यान मुद्दामा कैद ठहर भई नौ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् । रूपन्देही जिल्ला अदालतको ७ माघ ०७० मा गरेको फैसलाले सवारी ज्यान मुद्दामा दोषी ठहर भई नौ वर्षदेखि लुकिछिपी बसिरहेका सिताराम थारूलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । 

लापरवाही गरी ट्याक्टर चलाउँदा मानिसको मृत्यु भएको सवारी ज्यान मुद्दामा दुई वर्ष कैद ठहर भई ६ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् । ०७३ सालमा सैनामैना नगरपालिकाको बाँसगढीमा लापरवाही साथ सवारी चलाई मानिस मृत्यु भएको घटनामा रूपन्देही जिल्ला अदालतको १७ फागुन ०७३ को फैसलाअनुसार सवारी ज्यान मुद्दामा २ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई ६ वर्षदेखि फरार रहिरहेका साविक सालझण्डी-६ हालको सैनामैना नगरपालिका–११ बस्ने वर्ष ३३ को हिरा भनिने मोहनलाल थारू पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी प्रहरी निरीक्षक जगन्नाथ मरासिनी सहितको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रूपन्देहीमा उपस्थित गराएकोमा सोही दिन नै कारागार चलान गरिएको हो  ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ५ : ०८ बजे

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत

डा. मिनेन्द्र रिजाललाई प्रश्न- कांग्रेस एक बनाउने सूत्र के हो ?

विशेष महाधिवेशनपश्चात् दुई धारमा देखिएको कांग्रेस झण्डै महिना बितिसक्दा पनि

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त