जुम्लाबाट प्रतिनिधिसभामा राप्रपा निर्वाचित « Khabarhub

जुम्लाबाट प्रतिनिधिसभामा राप्रपा निर्वाचित


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जुम्ला– एउटा मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार निर्वाचित भएका छन् ।  प्रदेशसभाका दुईवटा क्षेत्रअन्तर्गत -१(१) मा स्वतन्त्र उम्मेदवार र २ (२) मा एमालेका उम्मेदवार विजयी भएका छन् ।

राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाह) विजयी भएका हुन् । उनले सत्ता गठबन्धनका उम्मेदवार गोमा गौतम (कुँवर) लाई १० हजार आठ सय ६० मतान्तरले पराजित गरे । शाहीले २२ हजार आठ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गौतमले ११ हजार नौ सय ५९ मत आएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए । 

त्यसैगरी नेकपा (एमाले) का रतननाथ योगीले छ हजार पाँच सय २८ मत प्राप्त गरे । त्यस्तै नेमकिपाका डिल्लीप्रसाद काफ्ले नौ सय ५५ मत प्राप्त गरेको  निर्वाचन कार्यालय जुम्लाका प्रमुख शर्माले बताए । जिल्लाको कूल ६८ हजार ६ सय ३८ मतदातामध्ये जम्मा खसेको ४५ हजार दुई सय ८४ मत थियो । खसेको कूल मतमध्ये दुई हजार चार सय ७८ मत बदर भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार टेकराज पछाइले सात हजार आठ सय २६ मतले निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास बाहलवाला मन्त्री पदमबहादुर रोकायाले छ हजार सात सय १५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले चार हजार एक सय ६५ मत प्राप्त गरेका छन् । 

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावतले एक हजार दुई सय दुई मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले एक हजार आठ सय ९९ मतान्तरले विजयी भए । कांग्रेसका बागी उम्मेदवार शाहीले नौ हजार छ सय ५४ मत ल्याएर विजय प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेस पार्टीका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले सात हजार सात सय ५५ मत प्राप्त गरे । एमालेका उम्मेदवार धिरेन्द्रराज गिरीले पाँच हजार चार सय ७० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

त्यस्तै नेमकिपाका राजेश्वर देवकोटाले छ सय ९४ मत प्राप्त गरेका छन् । सो प्रदेशसभामा २४ हजार सात सय ५५ मत खसेको थियो । एक हजार ८२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचित प्रदेशसभा सदस्य शाही २०७४ सालको प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गजेन्द्रबहादुर महतसँग झन्डै दोब्बर मत अन्तरले पराजय भएका थिए। कांग्रेसले प्रदेशमा टिकट नदिएपछि शाहीले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ५ : २८ बजे

अरनिकोले चीनमा कमाएको साख: चिनियाँले नपाएको सुविधा नेपालीलाई

चीनको राजधानी बेइजिङ आज विज्ञान, प्रविधि र आधुनिक विकासको विश्व–केन्द्रका

आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न

पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले पहाडी

खडेरी चिर्दै जलवायुमैत्री खेती: फेरिँदै किसानको जीवनस्तर

सिरहा– केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी– म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा