अनुभवी नेता केसीको राजनीतिक जीवन « Khabarhub

अनुभवी नेता केसीको राजनीतिक जीवन


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकको राजनीतिमा अनुभवी एवं पुराना नेता अर्जुननरसिंह केसी ७५ वर्षमाथिको उमेर समूहबाट संसद् प्रवेश गर्नेमा थोरै नेतामध्येका एक हुन्।

उमेरले ७० कटे पनि राजनीतिमा भने उनी सक्रिय छन् । विसं २००४ असोज ११ गते नुवाकोटको राउतबेँसीमा पिता भगवान्सिंह केसी र माता यशोदादेवीका सुपुत्रका रूपमा जन्मिएका केसी विसं २०१८ देखि राजनीतिमा सक्रिय छन् । स्नातकोत्तर र बिएलसम्मको अध्ययन गरेका उनले छ वर्ष नौ महिना जेल जीवन बिताएका छन् । 

पार्टी प्रतिबन्ध र आन्दोलनका क्रममा केसी पटक-पटक भूमिगत बसेका छन् । त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रको प्राध्यापन र कानुन व्यवसायीका रूपमा समेत काम गरेका केसीले एसिया, युरोप, अमेरिका, अष्ट्रेलिया, ल्याटिन अमेरिका र अफ्रिकालगायतका ३५ भन्दा बढी देशको भ्रमण गरेका छन् । केसीले नेपाली कांग्रेसको सहमहामन्त्री, प्रवक्ताका साथै पार्टीको विभिन्न विभागको प्रमुख एवं केन्द्रीय सदस्य भएर काम गरिसकेका छन् ।

केसीले शिक्षा, स्वास्थ्य, भौतिक योजना तथा निर्माण एवं सहरी विकासमन्त्री भएर कार्यकारी भूमिकामा पनि काम गरेको अनुभव सँगालेका छन् । नेता केसी समसामयिक विषयमा पत्रपत्रिकामा लेख लेखिरहने नेतामध्येमा पर्छन् ।

यसपटकको संसदीय निर्वाचनमा नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं २ बाट  कांग्रेसका तर्फबाट उनी उम्मेदवार बनेका थिए । केसी २८ हजार एक सय सात मत ल्याएर विजयी भएका हुन् ।

 उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चार सय ७७ मत पाए। नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याए । 

यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग केसी १० हजार मतान्तरले पराजित भएका थिए । केसी यो पटक खतिवडाभन्दा १२ हजार पाँच सय ६४ मतान्तरले निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ६ : १० बजे

अरनिकोले चीनमा कमाएको साख: चिनियाँले नपाएको सुविधा नेपालीलाई

चीनको राजधानी बेइजिङ आज विज्ञान, प्रविधि र आधुनिक विकासको विश्व–केन्द्रका

आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न

पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले पहाडी

खडेरी चिर्दै जलवायुमैत्री खेती: फेरिँदै किसानको जीवनस्तर

सिरहा– केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी– म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा