सङ्खुवासभामा प्रतिनिधिसभा र प्रदेशसभा (१) मा गठबन्धन र (२)मा एमाले विजयी « Khabarhub

सङ्खुवासभामा प्रतिनिधिसभा र प्रदेशसभा (१) मा गठबन्धन र (२)मा एमाले विजयी


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सङ्खुवासभाको प्रतिनिधिसभामा सत्ता गठबन्धन दलले जितेको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन दल नेपाली कांग्रेसका दीपक खड्का र प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाका उम्मेदवार खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार सात सय १९ मत प्राप्त गरेका छन् । खड्काले पाँच हजार चार सय ३९ मतान्तरले विजयी भएका हुन् ।

विसं २०७० को निर्वाचनमा खड्काले एमालेका गौतमलाई पराजित गरेका थिए। कांग्रेसका खड्का र एमालेका गौतमबीच यो तेस्रो भिडन्त हो । खड्का कांग्रेस सङ्खुवासभाका जिल्ला सभापतिसमेत हुन् । जिल्लामा प्रतिनिधिसभातर्फ ६५ हजार तीन सय ३७ मत खसेको थियो । त्यसमध्ये दुई हजार सात सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा दुई स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी दिएका थिए ।

प्रदेशसभा (१) मा माओवादी विजयी

प्रदेशसभा (१)मा माओवादी केन्द्र कार्कीले १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएका छन् । कार्की ३४ मतान्तरले विजयी भएका हुन् । उनी निकटतम् प्रतिद्वन्द्वी एमालेका भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका छन्  । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१)मा ३१ हजार पाँच सय चार मत खसेको थियो । प्रदेशसभामा २०६४ र २०७४ मा माओवादी र २०७० मा कांग्रेसले जितेको थियो । यस निर्वाचनसहित माओवादी केन्द्रले तेस्रोपटक प्रदेशसभा (१)मा जितेको छ । 

प्रदेशसभा(२) एमाले विजयी 

प्रदेशसभा(२) मा सदस्यमा नेकपा (एमाले)का विदुरकुमार लिङ्थेप निर्वाचित भएका छन् ।  एमालेका लिङ्थेपले १५ हजार चार सय ८२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का सरिता थापाले १५ हजार दुई सय ४२ मत ल्याएका छन् । 

एमालेका लिङ्थेप दुई सय ४० मतान्तरले विजयी भएका हुन् । विजयी लिङ्थेप मादी नगरपालिकाका निवर्तमान प्रमुख थिए। गठबन्धनको साथ  पाएका थापा यसअघि समानुपातिकबाट प्रदेशसभा सदस्य भई सामाजिक विकास समिति सभापति भइसकेका छन् । एमालेका लिङ्थेप र समाजवादीकी थापा पूर्वसहकर्मीसमेत हुन् । प्रदेशसभा (२) मा ३४ हजार मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित आठ जनाको उम्मेदवारी परेको थियो । 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ४३ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार