समानुपातिकमा अरू पार्टीको मत बढेको भन्दै प्रतिनिधिलाई चनाखो हुन ओलीको निर्देशन « Khabarhub

समानुपातिकमा अरू पार्टीको मत बढेको भन्दै प्रतिनिधिलाई चनाखो हुन ओलीको निर्देशन


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा अरू पार्टीको मत अस्वाभाविक रुपमा बढ्दै गएको भन्दै मतगणना प्रतिनिधिलाई चनाखो रहन निर्देशन दिएका छन् ।

फेसबुकमा उनले ३ प्रतिशत पनि मत नकाट्ने गठबन्धनका घटकले अर्को पार्टीको मत जोड्न सक्ने भन्दै चनाखो रहन निर्देशन दिएका हुन् ।

‘समानुपातिक मतगणना भइरहेको छ । सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ ।’ फेसबुकमा उनले लेखेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ ।’

उनले जिल्लामा मतगणनामा रहेका प्रतिनिधिहरुलाई चनाखो रहन समेत निर्देशन दिएका छन् । साथै उनले मतगणनामा प्रतिनिधि रहेका कार्यकर्तालाई मत परिणामको मुचुल्काको प्रति फेसबुकमा म्यासेजमार्फत् पठाउन समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ४६ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि