'लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो'  | Khabarhub Khabarhub

‘लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो’ 


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

बनियानी– नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक भएको बताएका छन्। झापा क्षेत्र नं ३ अन्तर्गत बनियानीमा आज आयोजित कार्यक्रममा उनले मतदाताप्रति आभार प्रकट गर्दै लोकतन्त्रको अभ्यासमा हार जित स्वभाविक भएकाले कार्यकर्ता, शुभचिन्तक तथा मतदातालाई निराश नहुन आग्रह गरे । 

‘म संसद्मा नपुगे पनि यो क्षेत्रको विकासका लागि स्थानीय तह र प्रदेशको सहकार्यमा विकास निर्माणलगायत काममा निरन्तर सहयोग गर्छु’, उनले भने, ‘विकास निर्माणलाई अगाडि बढाउन कांग्रेसलाई कसैले रोक्न सक्दैन ।’ आफ्नो अगुवाइमा आएका विकास निर्माण आयोजनालाई सफल पार्न आफू यही क्षेत्रमा रहेर निरन्तर लागि रहने नेता सिटौलाको भनाइ छ । उनले भने, ‘म सधैँ जनताकै बीचमा रहनेछु, रहन्छु ।’

कार्यक्रममा क्षेत्र नं ३ (१) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट विजयी भूमिप्रसाद राजवंशीले संघीय संसद्मा कृष्णप्रसाद सिटौला पुग्न नसके पनि उनको सद्भावले यस क्षेत्रको उन्नतिमा निरन्तर लाग्ने बचन दिँदै मतदातासित आभार प्रकट गरे । सोही कार्यक्रमअन्तर्गत झापा क्षेत्र नं ३ ९१० मा प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशीलाई अबिर र मालाले सम्मान गर्दै कचनकवल गाउँपालिकाका विभिन्न वडा परिक्रमासमेत गरिएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ५१ बजे

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने

प्रचार अभावले ओझेलमा हनुमन्तेडाँडा

दोलखा– दोलखामा रहेको हनुमन्ते डाँडा प्रचार प्रसारको कमीले ओझेलमा परेको

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

दुबई – अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु