‘लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो’  « Khabarhub

‘लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो’ 


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

बनियानी– नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक भएको बताएका छन्। झापा क्षेत्र नं ३ अन्तर्गत बनियानीमा आज आयोजित कार्यक्रममा उनले मतदाताप्रति आभार प्रकट गर्दै लोकतन्त्रको अभ्यासमा हार जित स्वभाविक भएकाले कार्यकर्ता, शुभचिन्तक तथा मतदातालाई निराश नहुन आग्रह गरे । 

‘म संसद्मा नपुगे पनि यो क्षेत्रको विकासका लागि स्थानीय तह र प्रदेशको सहकार्यमा विकास निर्माणलगायत काममा निरन्तर सहयोग गर्छु’, उनले भने, ‘विकास निर्माणलाई अगाडि बढाउन कांग्रेसलाई कसैले रोक्न सक्दैन ।’ आफ्नो अगुवाइमा आएका विकास निर्माण आयोजनालाई सफल पार्न आफू यही क्षेत्रमा रहेर निरन्तर लागि रहने नेता सिटौलाको भनाइ छ । उनले भने, ‘म सधैँ जनताकै बीचमा रहनेछु, रहन्छु ।’

कार्यक्रममा क्षेत्र नं ३ (१) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट विजयी भूमिप्रसाद राजवंशीले संघीय संसद्मा कृष्णप्रसाद सिटौला पुग्न नसके पनि उनको सद्भावले यस क्षेत्रको उन्नतिमा निरन्तर लाग्ने बचन दिँदै मतदातासित आभार प्रकट गरे । सोही कार्यक्रमअन्तर्गत झापा क्षेत्र नं ३ ९१० मा प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशीलाई अबिर र मालाले सम्मान गर्दै कचनकवल गाउँपालिकाका विभिन्न वडा परिक्रमासमेत गरिएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ५१ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार