‘आर्थिक इन्जिन स्थानीय सरकारले चलाउने हो’ « Khabarhub

‘आर्थिक इन्जिन स्थानीय सरकारले चलाउने हो’

कर तिर्न घुस दिनुपर्ने पद्धतिको अन्त्य हुनुपर्छ


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

देशमा अहिले राजनीतिक तरलता कायम नै छ। आर्थिक तरलता बढ्दै गएको छ। देशको राजनीति जबसम्म सफा हुँदैन तबसम्म अर्थतन्त्रमा पनि त्यसले प्रत्यक्ष प्रभाव पारेको उदाहरण अहिले देखा परेको आर्थिक गतिविधिले पनि पुष्टि गरिरहेको छ। हामी आयातमुखी अर्थतन्त्रमा निर्भर भइरहँदा हाम्रो उत्पादन किन हुन सकेको छैन ? हामीले एक सय रुपैयाँको कारोबार गर्दा ९ रुपैयाँ मात्र बचत भइरहेको छ। यो के कारणले हो ? यसै विषयमा आधारित भएर प्रा.डा. गोविन्दराज पोखरेलसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश:

अहिले देशमा राजनीति र अर्थ दुवै कारणले किन बेमेल भइरहेको छ ?
देशमा गरेर खाने मान्छे, दक्ष जनशक्तिलाई हौसला र अवसर दिने भनेको राजनीति हो। वार्षिक रूपमा एक लाख जति युवा बाहिर गएका छन्। १२ सकेर पढ्न जाने विद्यार्थी पनि खर्च गरेर तुरुन्त नफर्किने गरिरहेका छन्। विगतका गतिविधिलाई सच्याएर स्रोत र साधनको प्रयोग गर्ने उच्च जनशक्तिको अभाव हाम्रोमा देखिन्छ। अहिले युवा धेरै जानु भएको छ। तर युवा भन्ने बित्तिकै सबै राम्रो भन्ने छैन। तर, हाम्रा नेताहरुले बनाएको नीति नियमलाई पालना गर्ने शक्ति कस्तो होला ? कोही नयाँ आएर राम्रो गर्ला भन्ने पनि देखिँदैन। पहिला राजनीति सुधार गर्नुपर्छ। नयाँ सिर्जना हुनुपर्छ। केही गर्नुपर्छ भन्दा पनि राजनीतिमा एउटा जमिनदारी प्रवृत्ति हाबी भयो। यसलाई सुरुमै सुधार गर्नुपर्छ।

देशको नेतृत्वमा बस्नेहरु स्वार्थमा लागि परेका छन्। समानुपातिक पद्धतिले राजनीति अझ बिगारेको छ। अब यो नेतृत्वसँग के आश गर्ने ?
समानुपातिक नचाहिने भन्ने होइन। तर यसको कार्यान्वयन गलत ढंगले भइराखेको छ। हाम्रो देशको आर्थिक अवस्थालाई सुधार्न आर्थिक सुशासन चाहिन्छ। हाम्रो जस्तो देश जहाँ सरकारलाई कर तिर्न त घुस खुवाउनु पर्दछ। त्यसैले अहिले आएको मौद्रिक नीतिले लगानी गर्ने व्यवसायीलाई कठिन बनाएको छ। पछिल्लो समय ऋण सबै अनुत्पादक क्षेत्रमा गएको छ। यसलाई रोक्नु पर्दछ। कर तिर्ने पद्धतिको पनि सुधार हुनुपर्छ।

बैकिंङ तरलता, उद्योगमा आएको ह्रासका कारण सरकारलाई तिर्ने करमा कमी आयो। यो के कारणले भयो ?
राजस्व उठाउने र संघी संसद्को गत वर्षको खर्च लगभग ८४ अर्ब छ। लगभग हामी अहिलेको सन्दर्भमा ८५ अर्ब घाटामा छौँ। कर तिर्ने समुदायले आर्थिक गतिविधि कम भयो।
राष्ट्र बैंकले देशमा आर्थिक संकट नआओस् भनेर यो मौद्रिक नीति ल्यायो। त्यो विस्तारै ल्याउनु पर्ने थियो। एकै पटक ल्याएको हुनाले पनि असहज भएको हो। देशको आर्थिक इन्जिन चलाउने भनेको स्थानीय सरकार हो। अबको आर्थिक नीतिमा अब नयाँ नेतृत्व देखिनुपर्छ। जसले राज्यलाई कर तिर्छ दुई चार जनालाई जागिर दिन्छ भने त्यस्तो व्यक्तिलाई हौसला दिनु पर्दछ। औद्योगिक क्षेत्रमा लागेका मान्छेलाई खेल्ने ठाउँ बनाउने राजनीति हुनु पर्दछ ?

बैंकमा पैसा राख्न गयो भने ब्याज नदिने, ऋण लियो भने ब्याज बढी लिने पद्धति छ। यस्तो अवस्था पैसा कहाँ गयो ?
नेपालबाट एक लाख २४ हजार मान्छे विदेशमा पढ्न गए। यसरी गएका सबै पैसा लिएरै गएका हुन्। सरकारले कुकर्म गर्नेलाई सजाय दिने हो। स्वदेशको पैसा स्वदेशमा नै खर्च गर्ने हो। यसका लागि सरकारले नयाँ नीति ल्याउनुपर्छ। नेपालमा पार्टटाइम काम गरेर पढ्न पाउने वातावरण बनाउनुपर्छ। यो पद्धतिको विकास भएमा काम गर्ने जनशक्ति बाहिर जाँदैन। यही पैसा कमाउन सक्छ। हाम्रो देशमा फाँटको बीचमा भवन निर्माण हुन्छन्। जहाँ राम्रो कृषि फस्टाउने थियो। देशको विकासका लागि हामीले जहाँ जे सम्भव छ त्यो गर्न हौसला र प्रोत्साहन दिनु पर्दछ।

कृषिमा सरकारले सही अनुदान दिएको छ त ?
कृषिमा लगानी भनेको गाडी किन्न, कर्मचारी पाल्नतर्फ गएको छ। यो संघीय स्तरमा नै देखिएको सामस्या हो। कृषिमा सरकारको बजेट संघीय सरकारको संरचना बनाउनमा नै केन्द्रित छ। अनुदान दिने भनेर स्थानीय तहले व्यापक रूपमा बजेटको दुरुपयोग गरेका छन्। राजनीतिक कार्यकर्तालाई पाल्न धेरै अनुदान दिइएको छ। आफूलाई भोट हालेको छैन। तर उसँग अनुभव छ, क्षमता छ भने पनि उसलाई अनुदान नै नदिने चलन छ।
कृषिको ऋण लिएर मिटर ब्याजमा लगाउने वा अन्य ठाउँमा लगानी पनि गरिएको छ। त्यसमा पुरै सुधार गर्नु पर्दछ।

हाम्रो उत्पादनले बाहिरको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने हो ?
कृषिमा हामी केही सामान निर्यात गर्न सक्छौँ। हावापानी र वातावरणको कारणले यहाँ उत्पादन भएका सामान बाहिरबाट माग हुनसक्छ। अरू ठाउँबाट जे ल्याउँछौँ त्यो नै हामीले उत्पादन गर्नुपर्छ भन्ने छैन। नेपालको पहाडी भागमा एभोकाडो लगाउन सकियो भने राम्रो व्यापार गर्न सकिन्छ।

अहिलेको नेतृत्वले देशको अवस्थाप्रति चिन्ता गरेको छ त ?
धेरै दलहरू मिलेर भन्दा नेतृत्व एउटाले गर्दा राम्रो हुन्छ। राष्ट्रपति जो भए पनि आफै कार्यकारी नभई अभिभावकिय भूमिका निर्वाह गर्नु पर्दछ। लोकतान्त्रिक रूपमा अगाडि जानु पर्दछ। त्यसैले नेपाली कांग्रेसले आर्थिक क्षेत्रको नेतृत्व छोड्नु हुँदैन। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
–प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १२ : ५३ बजे

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका

आइसिसी महिला च्यालेन्ज ट्रफीका महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला च्यालेन्ज ट्रफीका

प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय

काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा