'विश्वकपको एक सातामै प्रिमियर लिग चाँडो भयो' | Khabarhub Khabarhub

‘विश्वकपको एक सातामै प्रिमियर लिग चाँडो भयो’


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार विश्वकप २०२२ सम्पन्न भएको आठ दिनपछि आज इंग्लिस प्रिमियर लिग सुरु हुँदैछ। बक्सिङ डे मा आयोजना हुने प्रिमियर लिगको पहिलो खेलमा टोटनहमले ब्रेन्टफोर्डको सामना गर्दैछ।

तर, टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टे भने खुसी छैनन्। उनले भनेका छन्,‘ साच्चै म खुसी छैन।,’ टोटनहमका १२ खेलाडीले कतार विश्वकप खेलेका थिए। अर्जेन्टिनाका रक्षक क्रिस्टियन रोमेरो र फ्रान्सका ह्युगो लोरिसले आइतबार फाइनल खेले। ‘यति चाडो खेल्नु निकै गाह्रो हुनेछ। विश्वकपपछि मात्र एक हप्ता बिदा हुनुहुँदैन थियो,’ कोन्टेले थपे।

निलम्बनका कारण रोड्रिगो बेन्टचर उपलब्ध हुने छैनन् भने ह्यामस्ट्रिङका कारण ब्राजिल स्ट्राइकर रिचार्लिसन समेत टोटनहमसँग छैनन्। लुकास मौरा भने सम्भवत खेल्नेछन्।

१५ खेल खेलेको टोटनहम २९ अंक सहित चौथो स्थानमा छ। आठ अंक बढि रहेको आर्सनल शीर्षस्थानमा छ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : १९ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’