सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह « Khabarhub

सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।  छिमेकी देशमा सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको जिल्ला भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

 जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । 

जोखिम बढेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । भीडभाड हुने स्थलमा सकभर नजान र जानै परे मास्क, स्यानिटाइजरको प्रयोग गर्नुपर्नेमा प्रशासनले जोड दिएको छ । 

सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क, स्यानिटाइजरको प्रयोग गर्न र भौतिक दूरी कायम राख्न आग्रह गरिएको छ । कोभिड-१९ विरुद्ध खोपको बुस्टर मात्रा लगाउन छुट भएकाले नजिकका स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरिएको छ ।   

जोखिम बढ्दै गएकाले सीमाक्षेत्रमा सतर्कता अपनाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोनाको खोप कार्ड जाँच गरी मात्र वारपार गर्न दिइएको छ । 

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख १८ हजार सात सय १४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार आठ सय ७२ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।  

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १२ : ३९ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ