अवैध सुन र नगदसहित डीएसपी ठगबहादुर केसी प्रहरीको नियन्त्रणमा « Khabarhub

अवैध सुन र नगदसहित डीएसपी ठगबहादुर केसी प्रहरीको नियन्त्रणमा


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई अवैध सुनसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट गएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो। सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न गएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको बताइएको छ।

मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले डीएसपी केसीमाथि छानबिन सुरु गरेको थियो। केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको छ।

 केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ। आइतबार व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १ : ३० बजे

बजेट भाषण नयाँ संसद्‍को नयाँ हलबाट (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्र प्रतिनिधि सभाको नयाँ हल निर्माण

सुर्खेत रोडमा अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर सडकपेटीलाई

सम्हालियो ‘लालीबजार’, ‘मालती मंगले’ फ्लप हुँदा रामकृष्णलाई तनाव

काठमाडौं – वैशाख २५ बाट प्रदर्शनमा आएका फिल्म दुई फिल्म

मतदाता नामावली अद्यावधिक गर्न प्रतिस्थापन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– सरकारले निर्वाचनसम्बन्धी दुईवटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।  

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय