चखेवा-सेखुवा सडक खण्ड कालोपत्रेको ठेक्का तोड्ने तयारी | Khabarhub Khabarhub

चखेवा-सेखुवा सडक खण्ड कालोपत्रेको ठेक्का तोड्ने तयारी


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ– पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ-सेखुवा सडक खण्ड कालोपत्रे योजनाको ठेक्का तोड्ने तयारी गरिएको छ । निर्माण कम्पनी भारत कन्स्ट्रक्सनरमैनाचुलीरसिद्दिसाई जेभी, काठमाडौंको ढिलासुस्तीका कारण अलपत्र पारेको सडक कालोपत्रेको ठेक्का तोड्ने प्रकृया थालिएको हो ।

ठेकेदारले कालोपत्रेको काम पूरा गर्ने छाँट नदेखाएका कारण ठेक्का तोड्नका लागि गत १८ मंसिरमा सडक विभाग समक्ष सिफारिस गरिएको पुष्पलाल राजमार्ग योजनाको कार्यालय, धुलिखेलका प्रमुख सिनियर डिभिजन इन्जिनियर दिपेन्द्र पाण्डेयले बताए ।

सम्झौताअनुसार कालोपत्रेको प्रगति नभएपछि २२ कार्तिकमा ‘ठेक्का किन नतोड्ने?’ भनेर दोश्रोपल्ट सूचना निकालेको कार्यालयले सार्वजनिक खरिद सम्झौता, सार्वजनिक खरिद ऐन ०६३ तथा नियमावली ०६४ बमोजिम ठेक्का तोड्न सिफारिस गरेको हो । 

ठेकेदारले सम्झौता बमोजिम तोकिएको समयमा काम सम्पन्न नगरेपछि पटक पटक मौखिक तथा लिखित निर्देशनदेखि सूचना प्रकाशन गर्दा समेत कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाएको र प्रयास नगरेको तथा कुनै ठोस कार्य गरेको नदेखिएकाले ठेक्का सम्झौता तोड्ने प्रकृया थालिएको सिनियर डिभिजन इन्जिनियर पाण्डेय बताउँछन् । कालोपत्रेको काम करिब ३४ प्रतिशत भएपछि ठेक्का सम्झौता रद्द गर्ने प्रकृयामा लगिएको हो । कालोपत्रेको काममा चरम ढिलासुस्ती भएपछि पुष्पलाल  राजमार्ग योजनाको कार्यालयले १९ मंसिर ०७७ को पनि ‘ठेक्का किन नतोड्नेबसम्बन्धी अत्यन्त जरुरी सूचना’ प्रकाशन गरेको थियो ।

भारत कन्स्ट्रक्सन र मैनाचुली र सिद्दिसाईले ३० फागुन ०७५ सम्ममा सम्पन्न गर्ने गरी २ चैत ०७२ मा चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौताअनुसार काम नगरेपछि थप भएको पहिलो म्याद १३ पुस ०७७ मा, दोश्रो म्याद १३ असार ०७८ मा र तेश्रोपल्ट थप भएको म्याद ३० फागुन ०७८ मै गुज्रिसकेको छ । भोजपुर–दिक्तेल सडक खण्ड अपग्रेडिङ गर्ने कार्यक्रमअन्तर्गत डबल लेनमा चौडा गर्ने, पुल पुलेसा, स्ट्रक्चर निर्माण गर्ने तथा सब–बेस, बेससहित डिबिएसटी सर्फेस सतहसहित सडक स्तरोन्नति गर्ने गरी भारत कन्स्ट्रक्सनरमैनाचुलीरसिद्दिसाईले चेनेज ठेक्का लिएको थियो । 

चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको काम सकिएपछि भोजपुरदेखि खोटाङ हुँदै काठमाडौं आवत–जावत गर्न स्थायीरुपमा छोटो र सहज बाटो खुल्ने छ । मध्यपहाडीको भोजपुरभित्र पर्ने सबै खण्ड तथा खोटाङभित्र पर्ने अन्य सडक खण्ड कालोपत्रे भइसक्दा चखेवाभञ्ज्याङदेखि सेखुवासम्मको सडक हालसम्म कालोपत्रे हुन सकेको छैन ।

खोटाङभित्रको जयराम–हलेसी, हलेसी–दिक्तेलदिक्तेल–सेखुवासम्मको खण्ड कालोपत्रे भइसकेको छ । अलपत्र परेको चखेवाभञ्ज्याङ–सेखुवा सडक खोटाङ र भोजपुरभित्र पर्ने मध्यपहाडीको कालो धब्बा झैं बन्न पुगेको छ । यस्तै, दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको पंखु खोला, मेवा खोला र छेपे खोलामा पुल बन्नै बाँकी छ । 

मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डकै पंखु खोलाको पक्की पुलको पनि ठेक्का सम्झौता तोड्ने प्रकृया सुरु भएको छ । सम्झौता म्याद नाघेको चार वर्ष बित्दा पनि ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिले पुलको काम नगरेपछि ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरिएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाइ भएको पुलको दुईतिरको पिलर ठड्याउने बाहेकका काम भएको छैन । 

पंखु खोला पुल दुई करोड २९ लाखमा पूरा गर्नेगरी सिरुवा कन्ट्रक्सनले ७ असोज ०७२ मा ठेक्का सम्झौता गरेको थियो । ०७५ साल असार मसान्तमै सम्पन्न गर्नुपर्ने पुलको काम हालसम्म ३९.८४ प्रतिशत मात्र सकिएको छ ।

पंखु खोला पुलको दोश्रोपल्ट थप भएको म्याद पनि असार ०७७ मै सकिएको थियो । पुलको काम पूरा नहुँदा पिलरको रड खियाले खाइसकेको छ । पुल निर्माण अलपत्र परेपछि आयोजनाले सम्पर्कमा आउन भन्दै २०७६ सालमा १५ दिने सूचना प्रकाशित गरेको थियो । 

मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा पर्ने छेपे खोलाको पुल निर्माणाधीन अवस्थामा छ । सगरमाथा र सजिव जेभीले १३ जेठ ०८० मा  सम्पन्न गर्नेगरी १४ मंसिर ०७८ मा ठेक्का लिएको हो ।

हालसम्म १२.११ प्रतिशत वित्तीय प्रगति भएको छ । यस्तै, केएम इन्जिनियर्स विल्डर्स प्रालिले २१ असार ०८१  सम्ममा सम्पन्न गर्नेगरी २२ असार ०७९ मा छेपे खोला र मेवा खोला पुलको ठेक्का सम्झौता गरेको छ ।

मेवा खोला पुलको डिजाइन स्वीकृत भइसकेको तथा भालु खोलाको पुलको डिजाइन स्वीकृतिको चरणमा रहेको कार्यालयले जनाएको छ । 

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ४ : ०१ बजे

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं– संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको

यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा

माओवादी केन्द्रकी सांसद रेखा शर्माले भनिन्– सरकारले २०४७ सालयताका नेताहरूको सम्पत्ति छानबिन गरोस्

काठमाडौं– नेकपा माओवादी केन्द्रकी नेता तथा सांसद रेखा शर्माले २०४७

आरआर क्याम्पसमा तोडफोड गरेको आरोपमा नेविसंघका १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का

उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभाग