उत्कृष्ट प्रतिपक्षी भूमिका निर्वाह गछौँ : गगन थापा | Khabarhub Khabarhub

उत्कृष्ट प्रतिपक्षी भूमिका निर्वाह गछौँ : गगन थापा


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले संघीय संसद् र प्रदेशसभामा उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् । पोखरामा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीलाई विधानसम्मत ढङ्गबाट सञ्चालन गर्न प्रयास गर्ने र पार्टीको शुद्धीकरण र सुदृढीकरणमा लाग्ने बताए।

महामन्त्री थापाले निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले पाँच वर्ष अन्य पार्टीसँग मिलेर सरकार बनाउने कुरा जायज नभएको स्पष्ट पारे। उनले भने, ‘निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले धर्म निर्वाह गर्नुपर्दछ । कांग्रेसले पनि अन्य विकल्प सोच्न पाउँदैन अन्यले पनि पाउँदैनन् । यही गठबन्धन भित्रबाट कुनै न कुनै निष्कर्ष निकाल्नुपर्छ भन्ने पक्षमा हामी थियौँ ।’

महामन्त्री थापाले सरकार गठनका लागि भएको गठबन्धनका बैठकहरूमा पार्टीका महामन्त्रीहरूको सहभागिता अनिवार्य हुने भए पनि आफूहरूलाई समावेश र बोलावट नगरिएको बताए। उनले धेरै विषय सञ्चारमाध्यमबाट जानकारी हुने गरेको उल्लेख गरे ।

थापाले आफूले निर्वाचनअघि कुनै पनि दलसँग चुनावी तालमेल गर्नुहुँदैन भन्ने विचार पार्टीमा राखेको बताए । आगामी दिनमा नेपाली कांग्रेसलाई आफ्नै तागत र बलमा निर्वाचन लड्नसक्ने गरी पार्टी पुनःनिर्माणको अभियान सुरु गरिने उनले जानकारी दिए । 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : ०७ बजे

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्रीहरु रायमाझी र खाँण थुनामै रहने

काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी

राष्ट्रिय खेलाडीको वर्चस्व रहेको आर्मीलाई हराउँदा केपी ओली कपको उपाधि मधेशलाई 

कास्की – राष्ट्रिय खेलाडीको वर्चस्व रहेको त्रिभुवन आर्मी क्लबलाई हराउँदै

आईसीसी विश्वकप लिग- २ को पहिलो सिरिज नेपालमा, नामिबिया र नेदरल्यान्ड्स आउने

काठमाडौं- आईसीसी क्रिकेट विश्वकपअन्तर्गत लिग २ को पहिलो सिरिज नेपालमा

जनमत पार्टीको सङ्गठन विस्तार र अधिवेशनको कार्यक्रम आजदेखि सुरु

काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीको सङ्गठन विस्तार तथा

राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापाको निधन

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको