भ्रष्टाचार नियन्त्रण केन्द्रित हुने छु : मन्त्री श्रेष्ठ « Khabarhub

भ्रष्टाचार नियन्त्रण केन्द्रित हुने छु : मन्त्री श्रेष्ठ


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार न्यूनिकरणमा केन्द्रित हुने बताएका छन् । 

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्ट्राचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताए ।

उनले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु भएको दाबी गरे । उनले जनताको अपेक्षा अनुरूप शिक्षा, स्वास्थ्य, रोजगारी खाद्यान्न, आवास, खानेपानी लगायतलाई उपलब्ध गराउनुपर्ने भएकाले सोही अनुसार काम गर्ने बताए ।

मन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेहरूले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु भन्ने नसोच्न चेतावनी दिए । उनले भ्रष्टाचार गर्नेहरू र आफू अनुकूल ऐन, कानुनहरू बनाउनेहरूको दिन गएको बताए । 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : २८ बजे

अफगान प्रहरीले महिलामाथि गरेको दमनको राष्ट्रसङ्घीय विज्ञद्वारा निन्दा

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको समूहले अफगानिस्तानको पश्चिमी सहर

कुमारी बैंकद्वारा ‘रियल टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

काठमाडौं– कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी, नेपालीको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता

नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा

पुराना काठ व्यवस्थापन गर्दै डिभिजन वन कार्यालय

चितवन– डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच

हावाहुरी र असिनापानीले धानबालीमा क्षति, ७३ घरपरिवार प्रभावित (तस्बिरहरू)

काठमाडौं– नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवन र सिसेनी क्षेत्रमा