भ्रष्टाचार नियन्त्रण केन्द्रित हुने छु : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

भ्रष्टाचार नियन्त्रण केन्द्रित हुने छु : मन्त्री श्रेष्ठ


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार न्यूनिकरणमा केन्द्रित हुने बताएका छन् । 

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्ट्राचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताए ।

उनले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु भएको दाबी गरे । उनले जनताको अपेक्षा अनुरूप शिक्षा, स्वास्थ्य, रोजगारी खाद्यान्न, आवास, खानेपानी लगायतलाई उपलब्ध गराउनुपर्ने भएकाले सोही अनुसार काम गर्ने बताए ।

मन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेहरूले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु भन्ने नसोच्न चेतावनी दिए । उनले भ्रष्टाचार गर्नेहरू र आफू अनुकूल ऐन, कानुनहरू बनाउनेहरूको दिन गएको बताए । 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : २८ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार