गजलमा डब्बु र सानुबाबुको ‘तिम्रो याद’ « Khabarhub

गजलमा डब्बु र सानुबाबुको ‘तिम्रो याद’


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गजलकार डब्बु क्षेत्री र गायक सानुबाबु महर्जनको सहकार्यमा नयाँ गजल ‘तिम्रो याद’को भिडियो सार्वजनिक भएको छ । गजलमा जुगल डंगोलको संगीत छ । गजलको भिडियो हाईलाईटस नेपालको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।

‘ब्राइटर तिम्रो सुर मेरो गीत’का फाईनलिस्ट बनेका महर्जन एक समय गायनमा निकै चर्चामा थिए । आधा दर्जन गीतिसंग्रह ल्याईसकेका महर्जनको स्वरमा यो गजल निकै मेलोडी बनेको छ ।

डब्बुका ‘झरी’, ‘गुवाली स्वरहरु’ जस्ता गजलसंग्रह बजारमा आइसकेका छन् । यो गजलको भिडियोको क्षेत्रीले नै निर्देशन र सम्पादन गरेका हुन् ।

गजलमा कलाकार निश्चल विक्रम पौडेल र सृष्टि कडरिया फिचर्ड छन् । मिलन शंकरको छायांकन रहेको भिडियोमा सुवास बुढाथोकीको कोरियोग्राफी र वीरेन्द्र भाट ‘विपिन’को रंग संयोजन छ । भिडियो पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ११ : २६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको