एसिया छनोटको तेस्रो चरणका ६ खेल आज | Khabarhub Khabarhub

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना हुँदैछन् ।

समूह ‘ए’ मा लेबनानले घरेलु मैदानमा दक्षिण कोरियालाई आतिथ्य दिनेछ । यही समूहको इराक इरान भ्रमणमा निस्किँदा संयुक्त अरब इमिरेटस् (यूएई) र सिरिया आमने-सामने हुनेछन् ।

समूह ‘बी’ बाट जापान र चीनले प्रतिस्पर्धा गर्दा अष्ट्रेलियाले भियतनामलाई आतिथ्य प्रदान गर्नेछ । यता ओमान भने अपराजित साउदी अरबिया भ्रमणमा निस्कने छ ।

समूह ‘ए’ मा ६ खेलबाट पाँच जितसहित १६ अंक बनाएको इरान शीर्षस्थानमा छ । १४ अंकको दक्षिण कोरिया दोस्रो स्थानमा रहँदा यूएई ६ अं सहित तेस्रो, पाँच अंकको लेबनान चौथो, चार अंकको इराक पाँचौ र सिरिया दुई अंकसहित पुछार तथा छैटौं स्थानमा छ ।

यता, समूह ‘बी’ मा ६ खेलबाट पाँच अंकसहित १६ अंक बनाएको साउदी अरबिया शीर्षस्थानमा छ । दोस्रो स्थानको जापानको १२ अंक छ । तेस्रो स्थानको अष्ट्रेलिया ११ अंकसहित तेस्रो, ओमान सात अंकसहित चौथो, चीन पाँच अंकसहित पाँचौ र बिना कुनै अंक भियतनाम पुछारमा छ ।

दुवै समूहका शीर्ष टोली सिधै कतार विश्वकपका लागि छनोट हुनेछन् । यस्तै दुवै समूहका तेस्रो हुने टोलीबीचको विजेताले विश्वकपमा स्थान बनाउन दक्षिण अमेरिकी छनोटको पाँचौ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १२ : ०१ बजे

ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान

अमेरिका– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही ‘ग्लोबल

बेमौसमी लिगलिगे दौडले घटाएको शेखरको कद

नेपाली कांग्रेस नेपाली राजनीति भित्र समाजवादी मूल्य मान्यताको पक्षधर दल

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथलगायतका शिवालयमा भक्तजनको भीड

काठमाडौं- आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ लगायत देशभरका

बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा

काठमाडौं– साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न हजारौँ भक्तजन

सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय

कञ्चनपुर– सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जातिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध