भैरहवा विमानस्थल सञ्चालनको तयारी « Khabarhub

भैरहवा विमानस्थल सञ्चालनको तयारी


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आएका छन् ।

बुद्धबार सडक मार्ग हुँदै काठमाडाै‌बाट भैरहवा आएका प्राविधिकहरूले काम सुरु गरेका छन् । उनीहरू क्यालिब्रेसन फलाइट गरेर मात्र स्वदेश फर्कने छन् । सञ्चालनको पर्खाइमा रहेको विमानस्थल दुई चरणमा आईसीबी १ र आईसीबी २ को काम सम्पन्न गरेकोे छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १ माघ २०७१ मा सिलान्यास गरेको राष्ट्रिय गौरवकोे आयोजना अबको एक महिनामा क्यालिब्रेशन उडान गरी परीक्षण उडानको लागि तयार हुने आयोजनाले जानकारी दिएको छ । प्राविधिक टोली आएसँगै क्यालिब्रेशन उडान अबको दुई तीन सातामै हुने विमानस्थलको दाबी छ ।

टोलीले नै प्रविधिक काम एक महिनामा सक्ने गरी काम गरेर मात्रै फर्कने र प्रशासनिक तर्फको काम पनि माघमै सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् ।

एरो थाई कम्पनीका प्रविधिकहरू आइपुगेका छन् । अष्ट्रियाको प्रविधिकले नागरिक उड्डयनका १० जनालाई रोडियोसम्बन्धी तालिम दिइरहेका छन् । विमानस्थलमा हाल दर्जनभन्दा बढी चिनियाँ टोली र अन्य पाँच जना विदेशी दक्ष कामदारले क्यालिब्रेशनको पूर्वातयारी सम्बन्धी काम गरिरहेका छन् । ‘सबै काम पूरा भइसकेको छ । हाम्रो जोड नै क्यालिब्रेशन गरेर परीक्षण उडान गर्नेमा छ,’ आयोजना प्रमुख अधिकारीले भने ।

विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदानका लागि चहिने सबै दक्ष प्रविधिक जनशक्ति आएकाले अबको केही दिनमा नै क्यालिब्रेशन फ्लाइटको मिति तय हुन्छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माण गरेको हो ।

विमानस्थल भौतिक रुपमा सञ्चालन योग्य भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका लागि १२औँ तहको अधिकृत महाप्रबन्धकको रुपमा पठाएको छ । २ माघबाट प्राधिकरणले गोविन्दप्रसाद दाहाललाई व्यवस्थापनको जिम्मा दिएको छ ।

महाप्रबन्धक दाहालले वमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको बताए । निर्माणाधिन विमानस्थल सञ्चालनका लागि प्रशासकीय तर्फ १५१ जना र सेवा प्रदायक तर्फ १०३ जना जनशक्ति आवश्यक हुन्छ ।

‘हाल ३४ प्रशासकीय तर्फ छौँ तत्काल नै संचालनमा आए र चाप बढ्दै गयो भने जनशक्ति पनि विस्तारै बढाउदै जानुपर्छ । मेट्रोलोजी तर्फ १५–१६ जना कर्मचारी आएर काम गरिरहेका छन्, सुरक्षातर्फ पनि करिब ३०० जना आवश्यक हुन्छ । त्यस्तै भन्सार, अध्यागमन, क्वारेन्टाइन, टेलिकम, राजश्व लगायतका लागि पनि ठाउँ छुट्याइएको छ । जनशक्ति व्यवस्थापनसँगै पूर्वाधार र फर्निसिङको काम भइरहेको छ,’ महाप्रबन्धक दाहालले भने ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १२ : ४० बजे

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।