घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा « Khabarhub

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा


१३ माघ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै मनाङ कीर्तिमानी सातौं पटक उपाधि नजिक पुगेको हो ।

अब, उपाधिका लागि मनाङले शनिबार अर्को विभागीय टोली एपीएफ फुटबल क्लबको सामना गर्नेछ ।

मनाङको जितमा अशोक बराल नायक बने । उनले आर्मीका युद्ध शाहीको पेनाल्टी रोके । आर्मीका दीपक गुरुङ र मनाङका विश्व अधिकारीको प्रहार पोलमा लागेर फर्कियो ।

मनाङका फ्राङ्कलिन टेला, शिव गुरुङ, रुपेश केसी र कप्तान आफिज ओलावाले पेनाल्टीमा सफल भए । आर्मीका कप्तान भरत खवास, जर्ज फ्रिन्स कार्की र विवेक बस्नेतले पेनाल्टीमा गोल गरे ।

यसअघि खेलको निर्धारित समय र अतिरिक्त समयसमेत गोलरहित बराबरीमा सकिएपछि खेल खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो ।

खेलको पहिलो हाफमा मनाङले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । विमल रानाले पाएको पेनाल्टीलाई बाहिर प्रहार गरे ।

मनाङ र आर्मी दुवै आफ्नो मुख्य खेलाडीबिना मैदान उत्रिएका थिए । मनाङका कप्तान अन्जन विष्ट, रक्षक दिनेश राजवंशी, नितिन थापा, पूजन उपरकोटी राष्ट्रिय टोलीमा रहेका छन् ।

आर्मीका सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, जगजित श्रेष्ठ मौरिससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि टोलीमा रहेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ६ : २१ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा