कोरोना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना « Khabarhub

कोरोना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कोरोनाभाइरसको संक्रमण बढेसँगै जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय अगाडि हेल्प डेस्क स्थापना एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो ।उक्त शिविरबाट कोरोनाको खोप लगाउन नपाएका नागरिकलाई खोप लगाउने, कोरोनाको शंका लागेका व्यक्तिलाई एन्टिजेन परीक्षण गर्ने गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए ।

मास्क नलगाई हिँड्नेलाई लगाउन अनुरोध गर्दै मास्क दिने गरिएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको सहभागितामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ । यो हेल्प डेस्कबाट नागरिकलाई खोप सेवा सजिलो बनाउन तथा कोरोना फैलावाट रोक्न आरडीटी परीक्षणसमेत सरु गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले बताइन् ।

प्रजिअ प्रसाईले स्वास्थ्य सेवा सम्वन्धित सबै सरोकारवाला निकायले मिलेर जनशक्ति, स्वास्थ्य सामग्री परिचालन गरेर सेवा प्रवाह सुरु भएको जानकारी दिइन् ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वाथ्य निरीक्षक क्षेत्रबहादुर महतले कोरोनाबाट नागरिकलाई बचाउन हेल्प डेस्कको सुरुवात गरिएको बताए । उनले कोरोनाको खोप लिन छुटेका नागरिकलाई हेल्प डेस्कबाट सेवा लिन अनुरोध पनि गरे । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेपछि न्यूनीकरणका लागि अहिले जिल्लाभरि अतिरिक्त खोप लगाउन थालिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ८ : ३० बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी