कोरोना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना « Khabarhub

कोरोना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कोरोनाभाइरसको संक्रमण बढेसँगै जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय अगाडि हेल्प डेस्क स्थापना एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो ।उक्त शिविरबाट कोरोनाको खोप लगाउन नपाएका नागरिकलाई खोप लगाउने, कोरोनाको शंका लागेका व्यक्तिलाई एन्टिजेन परीक्षण गर्ने गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए ।

मास्क नलगाई हिँड्नेलाई लगाउन अनुरोध गर्दै मास्क दिने गरिएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको सहभागितामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ । यो हेल्प डेस्कबाट नागरिकलाई खोप सेवा सजिलो बनाउन तथा कोरोना फैलावाट रोक्न आरडीटी परीक्षणसमेत सरु गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले बताइन् ।

प्रजिअ प्रसाईले स्वास्थ्य सेवा सम्वन्धित सबै सरोकारवाला निकायले मिलेर जनशक्ति, स्वास्थ्य सामग्री परिचालन गरेर सेवा प्रवाह सुरु भएको जानकारी दिइन् ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वाथ्य निरीक्षक क्षेत्रबहादुर महतले कोरोनाबाट नागरिकलाई बचाउन हेल्प डेस्कको सुरुवात गरिएको बताए । उनले कोरोनाको खोप लिन छुटेका नागरिकलाई हेल्प डेस्कबाट सेवा लिन अनुरोध पनि गरे । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेपछि न्यूनीकरणका लागि अहिले जिल्लाभरि अतिरिक्त खोप लगाउन थालिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ८ : ३० बजे

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका