युक्रेनमा रहेका २ सय २५ नेपाली दूतावासको सम्पर्कमा, १ सय ५० पोल्यान्ड पुगे  « Khabarhub

युक्रेनमा रहेका २ सय २५ नेपाली दूतावासको सम्पर्कमा, १ सय ५० पोल्यान्ड पुगे 



दोहा – युक्रेनमा रहेका २ सय २५ जना नेपाली जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले अहिलेसम्म २ सय २५ जना दूतावासको सम्पर्कमा आएको बताए ।

दूतावासले ट्राभल एडवाइजरी जारी गर्दै युक्रेनमा रहेका सबै नेपाली नागरिकहरूलाई सीमा नाका हुँदै रोमानीया, पोल्यान्ड, हंगेरी र स्लोभाकिया प्रवेश गर्न अनुरोध गरिसकेको छ।

सीमा नाका प्रवेश गर्ने क्रममा आफ्नो परिचय खुल्ने कागजात राहदानी वा यात्रा अनुमति पत्र आवश्यक पर्ने भएमा आफ्नो राहदानीको फोटोकपी एक प्रति र डिजिटल फोटो एक प्रति दूतावासले उपलब्ध गराएको ठेगानामा पठाउन भनिएको छ ।

शनिबार मात्र राहदानी लगायत अन्य कागजात नभएका १९ जनाको ट्राभल डकुमेन्ट बनाइएको दूतावासले जनाएको छ । यो समाचार तयार पार्दासम्म युक्रेनमा रहेका १ सय ५० जनाभन्दा बढी नेपालीहरू पोल्यान्ड पुगिसकेको राजदूत खड्काले बताएका छन् ।

यसैगरी, तीन जना नेपाली स्लोभाकिया पुगिसकेका छन् । २३ जना त्यहाँको नाकामा प्रवेश गर्ने क्रममा रहेको बताइएको छ । दुई नेपाली हंगेरी पुगेका छन् भने एक जना नेपाली रोमानीया प्रवेश गरिसकेको र दुई जना प्रवेश गर्ने क्रममा त्यहाँको सिमानाकामा रहेको उनले बताए ।

पोल्याण्डले सिमानाका बाट प्रवेश गरेकालाई एक महिनाको भिसा दिने बताएको छ । साथै सीमा नाकाबाट प्रवेश गरिसकेपछि कुनै समस्या भएमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) वा नेपाली समुदायका नेतृत्वकर्ता वा अगुवाहरूलाई सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : ३४ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु