किसानको उत्पादनले अर्गानिक नगरपालिका बनाउछौँ | Khabarhub Khabarhub

किसानको उत्पादनले अर्गानिक नगरपालिका बनाउछौँ

हलेसीलाई पर्यटकीय विकासको केन्द्रविन्दु बनाउने महत्वाकांक्षी योजना !


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङको दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका पछिल्लो समय राम्रो काम गर्दै गएको छ । दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो आवद्यिक योजना ल्याउने नगरपालिका पनि हो । लक्ष्य भन्दा धेरै उपलब्धि हासिल गरेको दाबी गर्ने यो नगरपालिका विकास निर्माणमा व्यस्त रहेको जनप्रतिनिधि बताउँछन् । प्रस्तुत छ, दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर दिपनारायण रिजालसँग बिपना थापाले गरेको कुराकानीको सम्पादित अंशः

स्थानिय तहको जनप्रतिनिधिमा निर्वाचित भएको कार्यकाल सकिन लाग्यो । यो पहिलो कार्यकालमा के के काम गर्नुभयो ?

हामी निर्वाचित भएपछि दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिकामा धेरै विकासका काम गरे्का छौँ । देशकै ७५३ पालिकामध्ये पहिलो आवधिक योजना निर्माण गरेर व्यवस्थित योजना छनोट गर्दै अघि बढेका छौँ । विशेष गरी ९ वटा क्षेत्रलाइ प्राथमिकतामा राखेर ती ९ वटा क्षेत्रको पनि छ्रट्टै प्राथमिकीकरण गरेर विभिन्न कार्यक्रमहरु सन्चालन भएका छन् । जस अन्तर्गत पुर्वधारको क्षेत्रमा हामी निर्वाचित हुँदा नगरपालिकामा १ इन्च पनि पिच नभएको अवस्था थियो । अहिले त्यसमध्ये पहाडी हाइवेको सबैभन्दा ठुलो भागबाट कालोपत्रे हुदाँ धैरै मान्छेले रोजगारी पाएका छन् । बजारदेखि टुडिखेलसम्मको भाग ढलान भइरहेको छ । हाम्रो १५ वटै वडामा बाह्रै महिना पुग्न सकिने बाटो बनाएका छौँ । नगरपालिकाको आफ्नै भवन थिएन ।

अहिले हामीले आफनै भवन निमाणै गरेर सेवा दिइराखेका छाैँ । यहाको १५ वटा वडा मध्ये ४ वटा मात्र राम्रो भवन थियो । हामी आएपछि ११ वटै वडाको भवन निमार्ण गरेका हौँ । नगरपालिकाको आफनै लगानीबाट हामीले ४० वटा विद्यालयका भवन निर्माण गरेका छाैँ भने नगरपालिकाको सिफारिसमा ७४ वटा विद्यालय निर्माण गरेका छाैँ । यस्तै ८ वटा स्वास्थ्य सस्ंथाका भवन निर्माण गरेका छाैँ । साथै ११ वटा पर्यटकीय गन्तव्य निर्माण गरेका छाैँ । यस्तै, दिक्त्तेल बजारको केन्द्रमा सपिङ कम्पलेक्स र चिड्रेन पार्क समेत निर्माण गरेका छौँ । जसबाट वर्षको ५० बढी नगरपालिकालाई आन्तरिक स्रोत संकलन हन्छ । यो नगरपालिकालाई अर्गानिक नगरपालिका बनाउने उद्देश्यले बृह्त कम्पोष्ट प्लानबाट कम्पोष्ट मल उतपादन गरेर किसानलाई अनुदानमा वितरण गरेका छौँ ।

अबको दश वर्ष भित्र अर्गानिक नगरपालिका बनाउने उद्देश्यका साथ अघि बढेका छौँ । एक घर एक खानेपानी आयोजना निर्माण गरेका छौँ । जसमध्ये दिक्त्तेल बजारमा सहरी खानेपानी योजना सन्चालनमा ल्याएका छौँ । यस्तै बजारमा. कुनैै आगलागी भए ‘फायर हाइटेक गेटबेल’को माध्यमबाट निभाउने प्रविधी ल्याएका छौँ । ४४ प्रतिशत घरधुरीमा विद्युत थियो, हामीले ९० प्रतिशत भन्दा बढी घरधुरीमा बिजुली पर्याएका छौँ । यो आर्थिक वर्षभित्र शतप्रतिशत घरधरीमा बिजुली पुर्याउने छौँ । आमा समुह महिला समुहका भवन निर्माण लगायत महिला शसक्तिकरणका धेरै कार्यक्रम ल्याएका छौँ । एकल महिलाको क्षमता विकासको लागी सहकारी निमार्ण गरेका छाँै । ज्येष्ठ नागरिक, अपागंता भएका व्यक्तिहरुको लागी घरमै पुगेर परिचयपत्र वितरण गरेका छौँ ।

शिक्षा र स्वास्थ्यको विकासका लागि के के गर्नुभयो ? कत्तिको जनशक्ति छन् ?

हामीले पाँच वटा आवधिक योजनामा शिक्षामा केही लक्ष्य राखेका थियाैँ । जसमा विद्यालय जानेको सख्या शतप्रतिशत पुर्याएका छौँ । अहिले हामी यसको लागी हामीले सर्भे पनि गर्दैछौ । शत प्रतिशत नभएपनि ९९ प्रतिशत उपलब्धि हासिल गर्ने योजनामा हामी छौँ । यस्तै विद्यालयको गुणस्तर सुधारमा पनि इन्डिकेटर बनाएका थियौँ । हामीले सोचे अनुसार लक्ष्य हासिल भयो कि भनेर छिटै रिपोर्ट सार्वजानिक गदैछौँ ।

कृषि विकासको लागि के कार्यक्रम ल्याउनुभयो ? कृषि उत्पादनको व्यबस्थापन कसरी गर्नु भएको छ ?

कृषिमा हामीले ११ वटा पकेट क्षेत्रहरु निमार्ण गर्ने भनेका थियौँ । हामीले ४१ वटा निमार्ण गर्यौ । हामीले लक्ष्य भन्दा बढी उपलब्धि हासिल गरेका छौँ । ४० वटा भन्दा बढी सिचाँइका योजनाहरु सन्चालन गरेका छौँ । केही आयोजनाहरु सन्चालन हुने क्रममा रहेका छन् । अझै हामीले यो नगरपालिकाभित्र उत्पादन भएका वस्तु उत्पादकले खुला बजारमा बेच्न सक्नुहुन्छ । यदी बिक्रि भएन भने हामी समर्थन मुल्यको आधारमा हामीले किन्ने गरेका छौँ । कृषिसँगै अरु उत्पादन पनि हामीले आफै किनिदिने गरेका छाैँ । जसले उत्पादन गर्नहुन्छ, उहाँहरु बिक्रि नभएर बस्नु पर्ने हुँदैन । उत्पादनमा आधारित अनुदान कार्यक्रम पनि हामीसँग रहेको छ । कोरोनाका कारण पनि धेरै योजना प्रभावित बनेका छन् । तर पनि हामी अझै लक्ष्य हासिल गर्ने योजनामै छाैँ ।

युवालाइ स्वरोजगार बनाउन के–के पहल गर्नुभएको छ ?

प्रधानमन्त्री स्वरोगार कार्यक्रममा धेरै युवालाइ समेट्ने कोसिस गरेका छौँ । विदेशबाट रोजगारी गुमाएर फर्किएकालाई केही सिपमुलक काममा लगाएर रोजगारी दिएका छाैँ । अहिले प्रत्येक घरमा कुनै न कुनै व्यवसाय सन्चालित छन् । यसमा अधिकाशं युवाहरु नै सलग्न भएका छन् ।

पर्यटकीय क्षेत्रहरु कति छन ? पर्यटकका लागी कस्ता योजनाहरु ल्याउनु भएको छ ?

पर्यटनको क्षेत्रमा सवैभन्दा बढी काम गर्ने स्थानीय तहमा हाम्रै नगरपालिका पर्छ । हामीले ११ वटा पर्यटकीय क्षेत्रहरु निर्माण गरेका छौँ । जसमध्ये भुलभुलेमा दैनिक ३०० पर्यटक आउनुहुन्छ । यस्तै विश्वकै अग्लो यलम्वरको मुर्तिसहितको पार्क १४ करोडको लगानीमा निर्माण गर्दैछौँ । विभिन्न ताल निर्माण, पिकनिक स्थल, कलम भञ्याङ निर्माण गरेका छौँ । आन्तरिक पर्यटकलाइ प्रवद्र्धन गर्ने र .बाह्य पर्यटकलाई आकर्षित गर्नको लागी हलेसीमा पर्यटन सचना केन्द्र स्थापना गरी परामर्शकर्ता राखेका छौँ । अनि हलेसीमा आएर पर्यटकीय विकास हेर्न पनि आह्वान गर्छौ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : ३३ बजे

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।