उत्तर कोरियाको दोषारोपण- युक्रेनमा रुसी अक्रमणको कारक अमेरिका « Khabarhub

उत्तर कोरियाको दोषारोपण- युक्रेनमा रुसी अक्रमणको कारक अमेरिका


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ ।

रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो । अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिदै रुससँग भिड्न उक्साएको पनि उत्तर कोरियाको आरोप छ ।

अमेरिका निकट हुदै गएकोप्रति असन्तुष्ट रहेको रुसले युक्रेनमा आक्रमण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ । उत्तर कोरियाको विदेश मन्त्रालयको वेभसाइटमा अमेरिकाले युक्रेनलाई उक्साएपनि सहयोग नगरेर दोहोरो भूमिका खेलेको लेखिएको छ ।

शान्ति र स्थायित्वको नाममा अमेरिकाले अरु देशको आन्तरिक मामिलामा खेल्ने गरेको आरोप पनि उत्तर कोरियाले लगाएको छ ।

क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रभुत्व कायम राख्नका लागि पनि अमेरिकाले अन्य देशहरुको आन्तरिक मामिलामा चलखेल गर्ने गरेको उत्तर कोरियाको भनाई छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : ३३ बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट