उत्तर कोरियाको दोषारोपण- युक्रेनमा रुसी अक्रमणको कारक अमेरिका « Khabarhub

उत्तर कोरियाको दोषारोपण- युक्रेनमा रुसी अक्रमणको कारक अमेरिका


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ ।

रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो । अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिदै रुससँग भिड्न उक्साएको पनि उत्तर कोरियाको आरोप छ ।

अमेरिका निकट हुदै गएकोप्रति असन्तुष्ट रहेको रुसले युक्रेनमा आक्रमण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ । उत्तर कोरियाको विदेश मन्त्रालयको वेभसाइटमा अमेरिकाले युक्रेनलाई उक्साएपनि सहयोग नगरेर दोहोरो भूमिका खेलेको लेखिएको छ ।

शान्ति र स्थायित्वको नाममा अमेरिकाले अरु देशको आन्तरिक मामिलामा खेल्ने गरेको आरोप पनि उत्तर कोरियाले लगाएको छ ।

क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रभुत्व कायम राख्नका लागि पनि अमेरिकाले अन्य देशहरुको आन्तरिक मामिलामा चलखेल गर्ने गरेको उत्तर कोरियाको भनाई छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : ३३ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा