आईपीएल : कोलकाताले चेन्नईलाई हरायो « Khabarhub

आईपीएल : कोलकाताले चेन्नईलाई हरायो


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल ) को पहिलो खेलमा शनिबार कोलकाता नाइड राइर्डर (केकेआर) ले चेन्नई सुपर किंङ्स (सिएसके) लाई ६ विकेटले पराजित गरेको छ।

वान्खडे क्रिकेट रंगशालामा सिएसकेले दिएको एक १३२ रनको लक्ष्य केकेआरले १८ ओभर ३ बलमा चार विकेट गुमाएर भेट्टायो।

केकेआरको जितमा ओपनर अजिक्या राहानेले सर्वाधिक ४४ रन बनाए। उनले ३४ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए। यस्तै, साम बिलिङले २५, नितिश राणाले २१ र कप्तान श्रेयस ऐयरले २० रन जोडे।

सिएकेका ड्वेन ब्राभोले तीन विकेट लिए। यसबाहेक, मिचेल स्यान्टनरले एक विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङमा आएको सिएसकेले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो।

चेन्नईको ब्याटिङमा महेन्द्रसिंह धोनीले सर्वाधिक ५० रन बनाएका थिए। उनले ३८ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए। यसबाहेक, रोविन उत्थपाले २८, कप्तान रविन्द्र जडेजाले २६ र अम्बती रायडुले १५ रन जोडेका थिए।

केकेआरका उमेश यादवले दुई विकेट लिएका थिए। यस्तै, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान एक विकेट लिएका थिए।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : २५ बजे

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क