आईपीएल : कोलकाताले चेन्नईलाई हरायो « Khabarhub

आईपीएल : कोलकाताले चेन्नईलाई हरायो


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल ) को पहिलो खेलमा शनिबार कोलकाता नाइड राइर्डर (केकेआर) ले चेन्नई सुपर किंङ्स (सिएसके) लाई ६ विकेटले पराजित गरेको छ।

वान्खडे क्रिकेट रंगशालामा सिएसकेले दिएको एक १३२ रनको लक्ष्य केकेआरले १८ ओभर ३ बलमा चार विकेट गुमाएर भेट्टायो।

केकेआरको जितमा ओपनर अजिक्या राहानेले सर्वाधिक ४४ रन बनाए। उनले ३४ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए। यस्तै, साम बिलिङले २५, नितिश राणाले २१ र कप्तान श्रेयस ऐयरले २० रन जोडे।

सिएकेका ड्वेन ब्राभोले तीन विकेट लिए। यसबाहेक, मिचेल स्यान्टनरले एक विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङमा आएको सिएसकेले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो।

चेन्नईको ब्याटिङमा महेन्द्रसिंह धोनीले सर्वाधिक ५० रन बनाएका थिए। उनले ३८ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए। यसबाहेक, रोविन उत्थपाले २८, कप्तान रविन्द्र जडेजाले २६ र अम्बती रायडुले १५ रन जोडेका थिए।

केकेआरका उमेश यादवले दुई विकेट लिएका थिए। यस्तै, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान एक विकेट लिएका थिए।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : २५ बजे

चुच्चे नक्सामा समेटिएको नेपाली भूमिका ३ सय मतदाताले के गर्लान् ?

काठमाडौं– दार्चुलाको व्याँस गाउँपालिका–१ का मतदाताले सदरमुकाम खलङ्गाबाट मतदान गर्ने

काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता

काभ्रेपलाञ्चोक– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४८१

एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको सहज जित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबले सहज

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा थप कडाइ, स्वीकृत संस्थाबाट मात्रै जाँच गर्न निर्देशन

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने

मोरङ १ : पुरानालाई विरासत जोगाउने चुनौती, मतदाताको असन्तुष्टिमा खेल्दै नयाँ दल

मोरङ- मोरङ निर्वाचन क्षेत्र नम्बर–१ यतिबेला चुनावी माहोल तातेको छ।