चीनमा दुर्घटनाग्रस्त विमानमा सवार सबैको मृत्यु भएको पुष्टि « Khabarhub

चीनमा दुर्घटनाग्रस्त विमानमा सवार सबैको मृत्यु भएको पुष्टि


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा गत सोमबार दुर्घटनामा परेको यात्रुवाहाक विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि  भएको छ । दुर्घटना भएको छैटौँ दिन उद्धारकर्ताले विमानमा सवार सबै यात्रु मृत्यु भएको घोषणा गरेका हुन् ।

‘बेपत्ता भएको विमानमा रहेका सबैको मृत्यु भएको छ, कोही पनि जीवितै भेट्न सकिएको छैन, यो अत्यन्त दुःखद खबर हो ।’ चिनियाँ नागरिक उड्डयन प्रशासनका उपप्रमुख हु झेन्जीयाङले भने ।

घटनामा मृत्यु भएका मध्ये १२० जनाको डिएनए परीक्षण गरी पहिचान भइसकेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआङ्शी प्रान्तको झुआङ् क्षेत्रमा दुर्घटनामा परेको थियो ।

दुर्घटनाग्रस्त विमानमा १२३ जना यात्रु र नौ जना चालक दलका सदस्य थिए । उनीहरु सबैको मृत्यु भएको जनाइएको छ । दुर्घटना भएलगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि अग्नि नियन्त्रक, सशस्त्र प्रहरी, सैन्य अधिकारी, सार्वजनिक सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयमसेवकहरु लगायत खटिएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १ : ३७ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको