एक साता नबित्दै भारतमा पाचौँ पटक पेट्रोलको भाउ बढ्यो « Khabarhub

एक साता नबित्दै भारतमा पाचौँ पटक पेट्रोलको भाउ बढ्यो


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ रुपैयाँ ११ पैसा भएको छ ।

त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० रुपैयाँ ४२ पैसा पुगेको छ । यसअघि पेट्रोल प्रति लिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रति लिटर भारु ८९ दशमलब ८७ थियो । 

स्थानीय करका आधारमा भारतका विभिन्न राज्यहरुमा पेट्रोलियम पदार्थको दरमा फरक पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा विपक्षी पार्टीहरुले भने सरकारको चर्को आलोचना गरेका छन् । विपक्षी काँग्रेस पार्टीका नेता राहुल गान्धीले जनता मारमा रहेपनि सरकार महल बनाउन लागेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  २ : ५५ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ