रुसी उर्जा त्याग्ने मुलुकलाई क्यानाडाले सहयोग गर्ने « Khabarhub

रुसी उर्जा त्याग्ने मुलुकलाई क्यानाडाले सहयोग गर्ने


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी उर्जा त्याग्ने मुलुकहरुलाई क्यानाडाले सहयोग गर्ने भएको छ । क्यानाडाका प्रकृतिक श्रोत मन्त्री जोनाथन विल्किन्सनलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अब क्यानाडाले विश्व उर्जा बजारमा थप ग्यास, तेल र युरेनियम उपलब्ध गराउने छ ।

‘रुसी ग्यास र तेल प्रतिस्थापनका लागि सहयोग गर्न’ धेरै मुलुकहरु प्रतिबद्ध रहेको विल्किन्सनको भनाइ छ । हाल विश्वको चौथो ठूलो तेल उत्पादक मुलुक क्यानाडाले यसका लागि २ लाख ब्यारेल प्रतिदिन थप तेल उत्पादन गर्ने उनले जनाए । त्यस्तै, उर्जा बजारमा १ लाख ब्यारेल थप प्रकृतिक ग्यास आपूर्ति गर्न समेत क्यानाडा तयार रहेको उनको भनाइ छ ।

विश्वका उर्जा मन्त्रीहरुले अन्तर्राष्ट्रिय उर्जा एजेन्सी (आईए) को पेरिसमा बसेको बैठकमा उर्जा उत्पादन बढाउन आह्वान गरेसँगै क्यानाडाका तर्फबाट यस्तो भनाइ आएको हो ।

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै विश्वमा उर्जाको मूल्य अकासिएका बेला क्यानाडाको नयाँ घोषणालाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ३ : ५० बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट