कांग्रेस बैठक : केन्द्रीय सदस्यले धारणा व्यक्त गर्ने क्रम जारी « Khabarhub

कांग्रेस बैठक : केन्द्रीय सदस्यले धारणा व्यक्त गर्ने क्रम जारी


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार पनि घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका बारेमा धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा प्रकाशशरण महत्तले जानकारी दिए।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत फागुन २९ देखि यही चैत २९ गतेसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।

कांग्रेसले आवश्यकताको आधारमा आगामी निर्वाचनमा गठबन्धन बनाउने बताएको छ । कांग्रेस प्रवक्ता डा प्रकाससरण महतले आवश्यकताको सिद्धान्तको आधारमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउने जानकारी दिएका हुन् ।

सबै सदस्यहरुले धारणा राखेपछि आवश्यक निर्णय केन्द्रीय समितिले गर्ने उनले बताए। अहिले नै गठबन्धनबारे अनुमान गर्न आवश्यक नभएको प्रवक्ता महत्तको भनाइ छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ७ : १७ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ