चीनसँग भएका ९ वटा सम्झौताविरुद्ध जनकपुरधाममा प्रदर्शन « Khabarhub

चीनसँग भएका ९ वटा सम्झौताविरुद्ध जनकपुरधाममा प्रदर्शन


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल सरकार र चीन सरकारबीच भएका ९ वटा सम्झौता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ ।

आइतबार राष्ट्रिय एकता अभियानका अभियानीहरूले जनक चोकमा प्रदर्शन गरेका हुन् ।

शनिवार परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा दुई देशबीच ९ वटा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

यी सम्झौता राष्ट्रहित विपरीत भएको दाबी गर्दै उनीहरूले विरोध गरेका हुन् । उनीहरूले सम्झौता चिनियाँ विस्तारवादको एउटा नमुना भएको पनि आरोप लगाएका छन् ।

अभियानीहरूले सम्झौतापत्र जलाएर नाराबाजी गरेका थिए ।

यसअघि चीनसँग भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता सार्वजनिक गर्नसमेत उनीहरूले माग गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ९ : २१ बजे

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार

रास्वपा केन्द्रीय समिति बैठक जारी, महाधिवेशनको समीक्षादेखि आगामी अभियानबारे छलफल हुँदै

काठमाडौं– रास्वपा केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।