अहिलेसम्म गाउँब्लकका करिब २० हजार जनालाई लालपुर्जा वितरण « Khabarhub

अहिलेसम्म गाउँब्लकका करिब २० हजार जनालाई लालपुर्जा वितरण


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार जनालाई जग्गा धनीदर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ को गाउँब्लकमा रहेका ९६ घरपरिवारलाई आज लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि गाउँब्लकमा लालपुर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेको बताइन् ।

मन्त्री श्रेष्ठले चार महिनामा गाउँब्लमा रहेका १९ हजार ६ सयभन्दाबढी भूमिविहीनलाई लालपुर्जा वितरण गरिसकिएको भन्दै अबको एक वर्षभित्र सबै गाउँब्लकको समस्या समाधान गरिसक्ने गरी काम अगाडि बढाइएको पनि बताइन् ।

मन्त्री श्रेष्ठले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत् काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमिसम्बन्धी समस्यालाई दिगो रूपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवन इच्छाकामना गाउँपालिका, काठमाडौँको कीर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर ठिमि नगरपालिका, तनहुँको बन्दीपुर र चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेकाहरूलाई लालपुर्जा वितरण गरेकी छन् ।

२०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जाविहीन बनिरहेकाहरूलाई लालपुुर्जा वितरण अभियान तीव्र पारिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १० : ४२ बजे

एमाले रुकुम पूर्वका पूर्व अध्यक्ष सहितका जिल्ला नेताहरू नेकपामा गरे प्रवेश

काठमाडौं– नेकपा (एमाले) रुकुम जिल्लाका पूर्व अध्यक्ष टोपबहादुर ओली सहितका

नारायणकाजीले गराए सर्लाही-३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं

‘निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं– सरकारले निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ।