अहिलेसम्म गाउँब्लकका करिब २० हजार जनालाई लालपुर्जा वितरण « Khabarhub

अहिलेसम्म गाउँब्लकका करिब २० हजार जनालाई लालपुर्जा वितरण


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार जनालाई जग्गा धनीदर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ को गाउँब्लकमा रहेका ९६ घरपरिवारलाई आज लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि गाउँब्लकमा लालपुर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेको बताइन् ।

मन्त्री श्रेष्ठले चार महिनामा गाउँब्लमा रहेका १९ हजार ६ सयभन्दाबढी भूमिविहीनलाई लालपुर्जा वितरण गरिसकिएको भन्दै अबको एक वर्षभित्र सबै गाउँब्लकको समस्या समाधान गरिसक्ने गरी काम अगाडि बढाइएको पनि बताइन् ।

मन्त्री श्रेष्ठले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत् काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमिसम्बन्धी समस्यालाई दिगो रूपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवन इच्छाकामना गाउँपालिका, काठमाडौँको कीर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर ठिमि नगरपालिका, तनहुँको बन्दीपुर र चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेकाहरूलाई लालपुर्जा वितरण गरेकी छन् ।

२०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जाविहीन बनिरहेकाहरूलाई लालपुुर्जा वितरण अभियान तीव्र पारिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १० : ४२ बजे

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक

गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप

इरान युद्धमा साउदीको पनि प्रवेश : अमेरिकासँग मिलेर इराकमा आक्रमण, इरान समर्थक २० लडाकु मारिए

तेहरान- इरानसँग जारी तनावका बीच साउदी अरब पनि युद्धको मोर्चामा

सुक्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली– कर्णाली राजमार्गको कालीकोट जुम्ला सडकखण्डमा पर्ने सेराबाडामा आज सुक्खा