‘वाटर एटीएम’ को उद्घाटन, दुई रुपैयाँ दुई सय मिलिलिटर पानी « Khabarhub

‘वाटर एटीएम’ को उद्घाटन, दुई रुपैयाँ दुई सय मिलिलिटर पानी


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर । खानेपानीमन्त्री उमाकान्त चौधरीले सबै नेपाली नागरिकले शुद्ध र स्वच्छ पानी सर्वसुलभ ढंगले पाउनुपर्ने बताएका छन् ।

भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटीएम’ को आइतबार उद्घाटन गर्दै मन्त्री चौधरीले जलश्रोतको धनी देश नेपालका हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्न सरकारले कार्ययोजना बनाएर अघि बढिरहेको बताए ।

उनले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा बिरामी र कुरुवालाई वाटर एटीएमको निर्माणले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अन्य अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल, भिडभाड हुने स्थान र उद्यान तथा पार्कमा पनि वाटर एटीएम जडानको अभियानलाई अघि बढाइने उनले बताए ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाख रुपैयाँको लागतमा अस्पताल परिसरमा वाटर एटीएम जडान गरेको हो ।

वाटर एटीएमबाट उपभोक्ताले परीक्षणबाट शुद्ध प्रमाणित भएको पानी दुई रुपैयाँमा कागजको कपसहित २ सय मिलिलिटर पाउने छन् ।

बोर्डका वरिष्ठ प्रशासकीय अधिकृत उदय केसीले उपभोक्ताका लागि २४ सै घण्टा शुद्ध खानेपानी वितरणको व्यवस्था गरिएको बताए ।

उनले पाँच रुपैयाँमा बजारमा बिक्री भइरहेको मिनरल वाटर जत्तिकै शुद्ध एक लिटर पानी आफ्नै बोतलमा भरेर लिन सकिने बताए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : ०३ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना